मस्कको प्रतिदिन १० लाख डलर पुरस्कार दिने योजना, अमेरिकी सरकारले दियो चेतावनी

ट्रम्पको समर्थनमा एलोन मस्कले प्रतिदिन एक मतदातालाई १० लाख अमेरिकी डलर दिने योजना ल्याएका थिए।

मस्कको प्रतिदिन १० लाख डलर पुरस्कार दिने योजना, अमेरिकी सरकारले दियो चेतावनी
फाइल तस्बिर।
सुन्नुहोस्

वासिङ्टन डिसी : अमेरिकी न्याय विभागले एलोन मस्कको अभियान अमेरिका पीएसीलाई चेतावनी पत्र पठाएको छ। अमेरिकी न्याय विभागले ट्रम्पको समर्थनमा एलोन मस्कको चुनावी अभियान संगठनलाई पत्र लेखेको हो ।

मतदातालाई प्रतिदिन १० लाख अमेरिकी डलर दिने मस्कको योजना कानुन उल्लंघनको दायरामा आउन सक्ने पत्रमा लेखिएको छ ।

एलोन मस्कको चुनावी अभियानमा पठाइएको पत्रको जानकारी पहिलो पटक सीएनएनले साझा गरेको थियो।

एलोन मस्कको अभियान अमेरिका पीएसीको यो पुरस्कार योजनामा ​​सात स्विङ राज्यमा दर्ता भएका मतदाताहरूलाई एउटा याचिकामा हस्ताक्षर गर्न अपील गरिएको छ।

चुनाव नहुँदासम्म प्रत्येक दिन पिटिशनमा हस्ताक्षर गर्ने व्यक्तिमध्ये एकलाई एक मिलियन अमेरिकी डलर दिइनेछ। केही कानुनविद्हरूले यो पुरस्कार योजना गैरकानूनी हुनसक्ने बताइसकेका थिए ।

अक्टोबर १९ मा पहिलो चिठ्ठा चेक पेन्सिलभेनिया मा एक कार्यक्रममा एक व्यक्तिलाई दिइएको थियो। बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.