'दाना' आँधी  आज बंगाल र ओडिशाको तटमा पुग्ने : तटीय क्षेत्रका तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो

दुई सयभन्दा बढी रेलवे र १६ घन्टा उडान बन्द

'दाना' आँधी  आज बंगाल र ओडिशाको तटमा पुग्ने : तटीय क्षेत्रका तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारियो
सुन्नुहोस्

चक्रवाती आँधी 'दाना' आज पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा पुग्न सक्ने जनाइएको छ। पश्चिम बंगाल र ओडिशाका सरकारले चक्रवात दानासँग लड्नका लागि तयारी पूरा भएको बताएको छ ।

'दाना' आँधीका कारण रेलवेले ‘वन्दे भारत’, राजधानी एक्सप्रेसलगायत दुई सयभन्दा बढी रेल सञ्चालनमा रोक लगाएको छ ।

सावधानीका रूपमा पश्चिम बंगाल र ओडिशाका सरकारले तटीय क्षेत्रबाट करिब तीन लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

दुवै राज्यमा तटीय जिल्लाका सबै विद्यालय असोज २५ गतेसम्म बन्द गरिएको छ भने चिकित्सकसहित सबै सरकारी कर्मचारीको बिदा रद्द गरिएको छ ।

दाना आँधी बुधवार रातीदेखि बिहीबार बिहानसम्म पुरी र सागर द्वीपको बीचको तटमा पुग्न सक्ने जनाइएको छ। जसका कारण उक्त स्थानमा बिहीबार र शुक्रबार भारी वर्षाको सम्भावना रहेको छ ।

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले सम्भावित रूपमा दानाबाट प्रभावित जिल्लाहरूको अवस्थाको निगरानी गर्ने जिम्मेवारी सचिव-स्तरका अधिकारीहरूलाई सुम्पिएका बीबीसी समाचारमा उल्लेख छ। 

उक्त क्षेत्रमा करिब एक हजार राहत शिविर खोलिएको छ । विद्यालय र सरकारी भवनमा जनताका लागि बास र खानाको व्यवस्था गरिएको छ ।

ओडिशाका राजस्व र प्रकोप व्यवस्थापन मन्त्री सुरेश पुजारीले पर्यटकहरूलाई आगामी चार दिनका लागि सबै होटल बुकिङ रद्द गर्न भनेका छन्। मङ्गलबार पुरीबाट तीन हजारभन्दा बढी पर्यटकलाई सकुशल घर पठाइएको उनले बताए । केहीलाई बुधबार बिहान पनि पठाइएको छ । अहिले पुरीका सबै होटल लगभग खाली छन् । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.