पर्यटन मन्त्री पाण्डेका १०० दिन

पर्यटन ऐन परिमार्जनदेखि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन कार्ययोजना तयारसम्म

पर्यटन ऐन परिमार्जनदेखि भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्‍चालन कार्ययोजना तयारसम्म

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको १०० दिनको अवधिमा गरेका काम र उपलब्धिहरू सार्वजनिक गरेका छन्। बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पाण्डेले यसबारे जानकारी गराएका हुन्।

मन्त्री पाण्डेले 'नगारिक उड्डयन प्रधिकरणलाई अलग गर्ने विधेयक तयार,भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन कार्ययोजनाको सफल कार्यान्वयन, पर्यटन ऐनको परिमार्जन, पर्यटन नीति तयारजस्ता दुरगामी महत्वका कामहरूलाई उपलब्धिमा समेटेका छन्। 

उनले नागरिक नेपाल एयरलाइन्सलाई सुधार गरी लैजान यसको व्यवस्थापनलाई कुन मोडलमा लैजाने भन्ने विषयमा गम्भीर छलफल थालिएको तथा नेपालमा पटकपटक भएको हवाई दुर्घटना र त्यसपछि गठित आयोगका अध्ययन प्रतिवेदनले औंल्याएका विषयका समग्र अध्ययन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा समिति गठन गरिएको जानकारी गराए।

'नेपाल एयरलाइन्समा देखिएका समस्याहरूको दीर्घकालीन समस्या समाधान गर्न मन्त्रालयले पहल सुरु गरेको छ । नेपाल नाागरिक उड्डन क्षेत्रको समष्टिगत अध्ययन एवम् विश्लेषण गरी सुरक्षित भरपर्दो एवम् विश्वसनीय बनाउन समिति समेत गठन गरी काम अघि बढाइसकेका छौं,'उनले भने।

मन्त्री पाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवाप्रदायक निकायको रुपमा छुट्याउन नेपाल नागरिक उड्डयन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक , हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक,सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेश गरिएको जानकारी बताए । ती विधेयकहरू संसदको आगामी अधिवेशनमा पेश भइ परित गर्न पहल हुने पनि स्पष्ट  पारे।

यसैगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहनसहितको कार्ययोजना पछि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यहि कार्तिक २४ गतेदेखि जजिरा एयरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्नेगरी कार्यतालिका स्वीकृत हुनु महत्वपूर्ण उपलब्धि भएको बताए।

मन्त्री पााण्डेले भने,'आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा विमालाई समयानुकूल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको छ ।' यसको कार्यन्वयनबाट हवाई दुर्घटनामा परेका यात्रुका परिवारले पाउने बिमा रकमा उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त  गरे।

यसैबीच देशका विभिन्न भागमा बाढी र पहिरोबाट उत्पन्न विपद्का बेला मन्त्रालयले यातायात सेवा अवरूद्ध भई अन्तर्राष्ट्रिय उडान छुट्न गएका यात्रुलाई अतिरिक्त शुल्क नलाग्ने गरी टिकटको मिति परिवर्तन गर्न पाउने व्यवस्था मिलाइएको र यसबाट यात्रुलाई सहज भएको बताए। 

सो अवरुद्ध सडक सञ्जालहरू सञ्चालनमा नआएसम्म वायु सेवा कम्पनीले स्वीकृत हवाई भाडादरको अधिकतम सीमाको टिकट बिक्री नगर्ने गरी व्यवस्था मिलाइएको मन्त्री पाण्डेले बताए । नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा संझौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको,नेपाल र इन्डोनेशिया बीचद्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रकृया अघि बढाइएको उनले जानकारी दिए।

मन्त्रालयले यस अवधिमा सौर्य एयरलाइन्सको वायुयान दुर्घटनाको अनुसन्धान गर्न जाँचबुझ आयोग गठन गरेको र प्रारम्भिक प्रतिवेदनबाट प्राप्त सुझावहरू कार्यान्वयनका लागि निर्देशन दिएको छ । मन्त्री पाण्डेले भने ,' यस अवधिमा पर्यटन विधेयक, सङ्घीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मादमा पेश गरिएको छ । क्यासिनो नियमावली, स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेश गरिएको ।     पर्वतारोहण सम्बन्धी नियमावली, द्दण्छढ संशोधनका लागि मन्त्रिपरिषदमा पेश गरिएको छ ।'

त्यस्तै नेपालका पाँच हजार ८०० देखि छ हजार ५०० सम्म उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको छ । पर्यटन विभागका सेवाहरू (पर्वतारोहण र होटल व्यवस्थापन) लाई अनलाइन प्रणालीमार्फत् प्रवाह हुने व्यवस्था मिलाइएको  उनले जानकारी दिए। 

यस अवधिमा मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको थप पाँच किमी पदमार्ग निर्माण कार्य सम्पन्न गरेको, हिमाल आरोहण र पदयात्राको क्रममा विपद्लगायतको अवस्थामा रहेका करिब २०० पर्यटकको उद्धार गरिएको जनाएको छ । 

यस्तै प्रतिलिपि अधिकार विधेयक,  २०८१ मस्यौदा तर्जुमा गरी सुझावको लागि नीति अनुसन्धान प्रतिष्ठानमा प्रेषित गरिएको, पशुपति क्षेत्र विकास कोष ऐनको संशोधन मस्यौदा तर्जुमा गरिएको, संघीय भाषा विधेयक र सङ्ग्रहालय विधेयक तर्जुमा कार्य अघि बढाइएको मन्त्री पाण्डेले बताए।

मन्त्रालयले यस अवधिमा ललितपुरको गुईत टोलको चैत्यबाट हराई अमेरिकामा पुगेको ध्यानी बुद्धको मूर्ति प्रमाणसहित नेपाल फर्काउन कुटनीतिक प्रकृया अघि बढाइएको तथा शंकर किर्ति महाविहार, भगवान वहाल ठमेलबाट चोरी भएको पद्मपाणी लोकेश्वरको मूर्ति सोही स्थानमा पुनस्र्थापना गरिएको जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.