सरकारविरुद्धको खबरदारीमा सहभागी हुन माओवादी केन्द्रको अपिल

सरकारविरुद्धको खबरदारीमा सहभागी हुन माओवादी केन्द्रको अपिल
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रले सरकारविरुद्ध पार्टीले आयोजना गर्न लागेको खवरदारीमा सहभागी हुन अपिल गरेको छ । खवरदारी सभाका बारेमा जानकारी दिन बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पार्टीको प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले देशलाई प्रतिगमनबाट रोक्न र प्राप्त उपलब्धिको रक्षा गर्न पार्टीले कार्तिक १० गते काठमाडौंमा खबरदारी सभा आयोजना गरिएको भन्दै खबरदारीमा सहभागी हुन अपिल गरेका हुन्।

सरकारको क्रियाकलापले देश अप्ठेरो अवस्थामा पुगेको भन्दै उनले प्रतिपक्षीको हैसियतले सरकारलाई खबरदारी गर्नुपर्ने आवश्यकता महशुस भएको उल्लेख गरे । माओवादीले अहिलेको सरकारको उद्देश्य जनतालाई प्रभावकारी सेवा प्रदान गर्ने नभइ निहित स्वार्थ समूहको हित रक्षा गर्ने कुरा प्रष्ट भएको जनाएको छ ।

त्यस्तै प्रवक्ता सापकोटाले अहिलको सरकारले पक्षपातपूर्ण व्यवहार गरिरहेको र सुशासनको मामिलामा दोहोरो मापदण्ड अपनाएको आरोप लगाए। अहिलेको सरकारले विपक्षी दलका नेता व्यक्तिलाई छानीछानी मुद्दा हाल्ने र जेल पठाउने काम गरिरहेको उनको भनाइ छ ।

उनले कांग्रेसका धनराज गुरुङ र एमालेका ऋषिकेश पोखरेल लगायतलाई प्रमाण हुँदाहुँदै पनि खुल्लारूपमा संरक्षण गरिएको समेत जिकिर गरे। माओवादीले कार्तिक १० गते सुन्धराबाट प्रदर्शनसहितको र्‍याली निकाल्ने र काठमाडौंको प्रदर्शनीमार्गमा खबरदारी सभा गर्ने जनाएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.