मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह
सुन्नुहोस्

काठमाडौं : जिल्ला प्रशासन कार्यालय काठमाडौंले  मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बिहीबार एक सूचना जारी  गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षा असर नपर्नेगरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने,मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन मर्यादित र शान्ति  खलल गर्ने काम नगर्न आग्रह गरेका हुन्।

उनले कानुनविपरीत जुवातास,लंगु बुर्जा खेल्ने/खेलाउने,भूँइचम्पा,पटका,अतीसबाजीजस्ता विपद् निम्त्याउने,वातारण प्रदूषण हुने  विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग,ओसारपसार बिक्री वितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेका छन्।

कानुनले निषेध गरेका गतिविधि गरे/ गराएमा कानुन बमोजिम कारवाही हुने सूचनामा भनिएको छ।

'ऐतिहासिक महत्व बोकेका सांस्कृतिक गौरवका यी चाडपर्वहरु सामाजिक सद्भाव र भाईचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेका छन् । चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झैझगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति खलल गर्ने, कानुन विपरीत जुवातास, लङ्गुरबुर्जा खेल्ने/खेलाउने, भुइँचम्पा, पटका, आतसबाजी जस्ता विपद् जोखिम निम्त्याउने तथा वातावरण प्रदुषण हुने विस्फोटक एवम् प्रज्वलनशील पदार्थको प्रयोग, ओसार पसार, बिक्री वितरण गर्ने जस्ता कार्य नगर्न/नगराउन अनुरोध छ । कानूनले निषेध गरेका यस्ता गतिविधि गरे /गराएमा कानुन बमोजिम कारवाही हुनेछ,'सूचनामा उल्लेख छ,'देउसी भैलोलगायतका सांस्कृतिक कार्यक्रमहरू मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले सञ्चालन गर्न गराउनुहुन अनुरोध छ ।'

सूचनामा उल्लेखित कुराहरुको बर्खिलाप हुने गतिविधि गरेमा प्रहरीलाई खबर गर्न समेत आग्रह  गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.