कमल थापालाई दोहोरो उपाधि

कमल थापालाई दोहोरो उपाधि
सुन्नुहोस्

काठमाडौं : कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा बिहीबार दुई उपाधि जितेका छन्। सातदोबाटोस्थित नेपाल टेनिस संघको कोर्टमा भएको प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिंगल्समा गरी दुई उपाधि जितेका हुन्। कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराए। उनले ६५ वर्षमाथि सिंगल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गरे। महिला सिंगल्सको उपाधिका लागि अभिलासा विष्ट र सुनिरा थापाले प्रतिस्पर्धा गर्ने छन्। सेमिफाइनलमा अभिालासाले प्रज्ना मानन्धरलाई ६–१, ६–१ ले सहजै हराइन्।

अर्को सेमिफाइनलमा सुनिराले स्वस्तिका बिष्टमाथि ६–०, ६–१ को जित निकालिन्।  पुरुष सिंगल्समा राजवीर प्रधान र रितिक राणाले फाइनलमा स्थान बनाए। राजवीरले प्रणव मानन्धरलाई ६–१, ६–३ ले हराए। अर्को सेमिफाइनलमा रितिकले आयुष्मानहजुर घलेलाई ६–१, ६–१ ले पराजित गर्दै उपाधि यात्रा तय गरे। पुरुष डबल्सको उपाधि प्रदीप खड्का र आयुष्मान हजुर घलेको जोडी च्याम्पियन भए। यो जोडीले फाइनलमा प्रणव खनाल र निहालजंगबहादुर थापाको जोडीलाई ६–४, ६–३ ले हराएका हुन्।

पुरुष ४५ वर्षमाथि डबल्समा डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडी च्याम्पियन भयो। यो जोडीले फाइनलमा महेश श्रेष्ठ र मानबहादुर कटुवालको जोडीलाई ६–१, ३–६, १०–८ ले हराए। यू–१२ उमेरसमूहको गल्र्स सिंगल्समा अनुश्री धोजु र ब्वाइज सिंगल्समा विश्व डल्लाकोटी च्याम्पियन भए। अनुश्रीले फाइनलमा सारा पन्तलाई ६–१, ६–२ र विश्वले आरित मल्ललाई २–६, ६–१, ६–१ ले हराउँदै उपाधि जितेका हुन्। यू–९ गल्र्स सिंगल्समा नैरा घले फाइनलमा रजिशा जोशलाई ४–१, ४–० ले हराउँदै च्याम्पियन भइन्। यू–१४ गल्र्स सिंगल्समा शिभाली गुरुङ च्याम्पियन भइन्।

उनले फाइनलमा इरा खत्रीलाई ६–०, ६–० ले हराएकी हुन्। गल्र्सकै यूू–१० उमेरसमूहको सिंगल्समा सरा पन्तले फाइनलमा सरा पन्तलाई २–६, ६–०, १०–५ ले हराउँदै उपाधि जिते। ब्वाइज यु–९ उमेरसमूहको सिंगल्समा भिराल अग्रवाल र कायन चालिसे फाइनलमा पुगेका छन्। सेमिफाइनलमा भिरालले सहांश बस्न्यातलाई ४–१, ५–३ तथा कायनले अबिर केडियालाई ४–०, ४–१ ले हराए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.