आज पनि सत्तारुढ दलको बैठक बस्दै‌

आज पनि सत्तारुढ दलको बैठक बस्दै‌

काठमाडौं : सत्तारुढ दलको बैठक आज पनि बस्दैछ।  शुक्रबार दिउँसो ३ बजे बालुवाटारमा बस्नेगरी दलको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकार र मन्त्रीहरूका कामकारवाही तथा समसामयिक राजनीतिक विषयमाथि छलफल हुने जनाइएको छ।

यसअघि बुधबार मात्रै बालुवाटारमा सत्तारुढ दलको बैठक बसेको थियो। 

नेपाली कांग्रेसलगायत दलहरुको समर्थनमा गत असार ३० गते प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले बुधबार सरकारको सय दिने उपलब्धि सार्वजनिक गरेका छन्।  प्रधानमन्त्रीसँगै  सत्तारुढ दलले पनि सरकारको १०० दिने काम र उपलब्धिहरू सार्वजनिक गरेका छन्। आजको बैठकमा यिनै विषयवस्तुमा केन्द्रित रहने बताइएको छ।

ओली नेतृत्व सरकारमा  नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी  छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.