महिला विकासको बलियो स्तम्भ बन्न सक्छन् : मन्त्री सुडी
काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिसोर साह सुडीले लैंगिक विभेदहरूलाई अन्त्य गर्न सरकार र सरोकारवाला निकायबीच मिलेर अघि बढ्नुपर्ने बताएका छन्।
नागरिक समाजद्वारा तयार पारिएको बेइजिङ प्लस ३० का बारेमा शुक्रबार काठमाडौंमा आयोजित समिक्षा गोष्टिमा बोल्दै मन्त्री सुडीले लैंगिक असमानताको मूल कारणहरूलाई निर्मूल गर्दै समान अधिकार स्थापित गर्न सरकार र सरोकारवाला निकायबीच मिलेर अघि बढ्नुपर्ने बताए।
उनले महिलाले विकासको बलियो स्तम्भको रुपमा भूमिका खेल्न सक्छन् भन्ने कुरामा आफू दृढ रहेकाले महिला तथा बालबालिकाको अधिकारको लागि निरन्तर तत्पर रहेको जिकिर गरे। मन्त्री सुडीले महिला र बालबालिकाका लागि सहज र समान समाज विकासको लागि आवश्यक नीति निर्माण गर्नुको साथै सहभागितामूलक बनाउने प्रतिबद्धता व्यक्ति गरे।
बेइजिङ प्लस ३० गोष्टिले महिला तथा बालबालिकाको सशक्तीकरणका लागि ठूलो योगदान पुराउने उनको विश्वास छ ।