डोल्पामा एक सरकारीसहित चार मोटरसाइकलमा आगजनी

डोल्पामा एक सरकारीसहित चार मोटरसाइकलमा आगजनी

डोल्पा : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरमा पार्किङ गरी राखेका चार मोटरसाइकलमा आगजनी गरिएको छ । बिहीबार मध्यरातको समयमा सोल्टी होटलबाहिर पार्किङ गरी राखेका चारवटा मोटरसाइकलमा आगजनी भएको हो ।

डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका पर्ने फोक्सुण्डो ताल घुम्न आएका जुम्लाका चार जनाको मोटरसाइकल अज्ञात समूहबाट आगजनी भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

आगजनी गरिएका चार मध्ये दुई मोटरसाइकल पूर्ण रूपमा क्षति भएका र दुई वटा आगोको रापले आंशिक क्षति भएका जिल्ला प्रहरी कार्यालय डोल्पाका डिएसपी हरिकृष्ण केसीले जानकारी दिए ।

घटनाका विषयमा अनुशन्धान गर्न इन्सपेक्टरसहितको प्रहरी टोली घटनास्थलमा पुगेको डिएसपी केसीले बताए । आगजनी भएको एउटा मोटरसाइकल भौतिक पूर्वाधार मन्त्रालय कर्णाली प्रदेशको रहेको प्रहरीले जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.