सत्तारुढ दलको बैठक बालुवाटारमा जारी, साझा दृष्टिकोण तय हुने

सत्तारुढ दलको बैठक बालुवाटारमा जारी, साझा दृष्टिकोण तय हुने
सुन्नुहोस्

काठमाडौं : सत्तारुढ दलको बैठक बालुवाटारमा जारी रहेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको १०० दिनको समीक्षा र आगामी कार्ययोजना तय गर्न बैठक बसेको हो। 

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सिके राउत, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहभागी छन्।

एमाले महासचिव शंकर पोखरेलका अनुसार सत्तारुढ दलको आजको बैठकले साझा दृष्टिकोण सार्वजनिक गर्ने छ।

सरकारमा रहेका राजनीतिक दलका तर्फबाट सरकारले गरेका काम र सामूहिक रूपमा कसरी अघि बढ्ने भन्ने विषयमा बैठकले आवश्यक निष्कर्ष निकाल्ने उनको भनाई छ। बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ। 

बैठकमा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, गृहमन्त्री रमेश लेखक, श्रममन्त्री शरदसिंह भण्डारीलगायतका मन्त्री तथा नेताहरु पनि सहभागी छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.