पार्टी मजबुत छ, निरन्तरता दिन लागौं : उपसभापति खड्का

पार्टी मजबुत छ, निरन्तरता दिन लागौं : उपसभापति खड्का

गौशाला (महोत्तरी) : नेपाली काँग्रेसका उपसभापति पूर्णवहादुर खड्काले गठबन्धनको विषय स्थायी रुपमा नभई सिमित समयको लागि मात्र रहेको बताएका छन् । शुक्रबार महोत्तरीको जलेश्वरमा पार्टी कार्यकर्तालाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति खड्काले २०७९ सालको निर्वाचनमा गाँसिएको पार्टीबीचको गठबन्धन चुनावी समयसँग मात्र सिमित रहेको र पछि समसामयिकरुपमा परिणत हुँदै गएको धारणा राखेका हुन् ।

उपसभापति खड्काले भने, पार्टीलाई सबल बनाउनका लागि रुपान्तरण अभियान देशभरि सञ्चालन गरिएको हो । जुन विभिन्न चरणमा गरि सञ्चालनको क्रममा रहेको छ । पार्टी त उसो पनि मजबुत छँदैछ । केवल निरन्तरता दिनु आवश्यक छ । जुन अनुरुप अहिले पार्टीको निर्देशन तल्लो स्तरमा सिमित नभई उपल्लोस्तरका नेतालाई पनि अनिवार्य रुपमा पालना गर्नुपर्ने देखिन्छ ।'

काँग्रेस पार्टी पुरानो पार्टी भएको र यो पहिलेदेखि नै मजबुत पार्टीको रुपमा देशमा स्थापना भएको पार्टीका केन्द्रीय सह महामन्त्री महेन्द्र यादवले बताए । पार्टीलाई अव बलियो बनाउनका लागि हरेक नेता कार्यकर्ताले नियमित रुपमा विधान अनुसारको काम गर्नुपर्नेमा सहमहामन्त्री यादवले जोड दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.