ठगी गरेको पैसा नतिर्न अपहरणको ‘नाटक’

ठगी गरेको पैसा नतिर्न अपहरणको ‘नाटक’
सांकेतिक तस्बिर।
सुन्नुहोस्

काठमाडौं : वैदेशिक रोजगारमा पठाइदिने भन्दै लिएको पैसा नतिर्नको लागि सर्लाहीको एक महिलाले अपहरणको नाटक गरेकी छन्। सर्लाहीको बागमती गाउँपालिका स्थायी घर भइ काठमाडौं बस्ने सिर्जना खत्रीले झुटो खबर दिएर प्रहरीलाई समेत झुक्याउन सफल भइन्। 

उपत्यका अपराध, अनुसन्धान कार्यालयमा बुधबार बिहान एक महिला अपहरणमा परेको भन्दै गम्भीर सूचना आयो। सूचनामा भनिएको थियो ‘एक जना पुरुष र महिलाले कोटेश्वरबाट अर्की एक महिलालाई अपहरण गरेर चाल्नाखेल पुर्‍याइएको छ। सूचनालाई गम्भीर रूपमा लिएर उपत्यका अपराध अनुसन्धान कार्यालयले उद्धारका लागि प्रहरी परिचालन गर्‍यो। प्रहरी जब अपहरणमा परेकी भनिएकी सिर्जना खत्रीसम्म पुग्यो तव प्रहरीलाई गलत सूचना दिएर झुक्याएको पुष्टि भयो। 

उपत्यका अपराध, अनुसन्धान कार्यालयका एसपी अंगुर जीसीका अनुसार सिर्जनाले आफूले ठगी गरेको पैसा तिर्नुपर्ने भएपछि अपहरणको झुटो हल्ला फैलाएकी हुन्। पीडितलाई पक्राउ गरेर सजाय दिलाउने नाटक रचेकी हुन्। अपहरणको आरोपमा बुधबार साँझ प्रहरीले दक्षिणकालीबाट अमृत लामा र कविता परियारलाई पक्राउ गरेको थियो। जीसी भन्छन्, घटनाको अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानको क्रममा सिर्जना खत्रीलाई कसैले पनि अपहरण गरेको पुष्टि भएको छैन। 

प्रहरीका अनुसार वैदेशिक रोजगारीमा जाने प्रक्रियामा मेनपावर धाउने क्रममा अमृतले सिर्जनालाई भेटेका थिए। त्यही उनले दक्षिण कोरिया जाने भए मसँग फ्रि भिसा र फ्रि टिकट छ भन्दै प्रलोभनमा पारेकी थिइन्। मेनपावरमा चिनाजानी भई नजिकिएका अमृतले दक्षिण कोरिया जान भन्दै पटकपटक गरी २१ लाख रुपैयाँ सिर्जनालाई दिएका थिए। सिर्जनाले भिसा आएको भन्दै नक्कली भिसा र टिकट देखाएर पाटीसमेत अमृतलाई दिएकी थिइन्। भिसा नक्कली भएपछि अमृत विदेश उड्न पाएनन्। यसपछि उनले सिर्जनासँग पैसा माग्न थाले। पटकपटक खाली चेक दिएर उनले थमथम्याउने प्रयास गरिन्। आफूले अरूलाई पैसा दिएको र विदेश लैजाने व्यक्ति नै फरार भएको भन्दै सिर्जनाले पैसा तिरिनन्। 

यसै क्रममा पैसा फिर्ता लिनको लागि अमृत र सिर्जनाको कोटेश्वरमा भेट भयो। ठगी उजुरी गर्न भन्दै अमृत, कविता तथा सिर्जना प्रहरी वृत्त कीर्तिपुर पुगे। कीर्तिपुर प्रहरीले उनीहरूलाई वैदेशिक रोजगार विभाग पठायो। विभागले उनीहरूलाई प्रहरीमा गएर बंैकिङ कसुरको उजुरी दर्ता गर्न सुझाव दियो। कविता चाल्नाखेल बस्ने गर्थिन्। जहाँ सिर्जना पहिलेपहिले पनि जाने आउने गर्थिन्। कविताको डेरामा गएपछि सिर्जनाले प्रहरीलाई गलत सूचना दिइन्। आफूलाई कोटेश्वरबाट अपहरणमा गरेर ल्याएको र बन्धक बनाएको खबर गरिन्। कविताको डेरामा प्रहरी पुग्दा उनलाई बन्धक बनाएको अवस्था थिएन। अमृत उनीहरूसँग छुटेर अन्यत्रै गइसकेका थिए। अमृतले सिर्जनाबाट चेक लिई उक्त कोठाबाट बाहिरिइसकेका थिए। 

प्रहरीले सिर्जनालाई उद्धार तथा कविता र अमृतलाई पक्राउ गरेर ल्याएको थियो। प्रहरी कार्यालयमा अनुसन्धान गर्दा अपहरण गरेको कुनै प्रमाण फेला परेन। एसपी अंगुर जीसी भन्छन्, घटनामा संलग्न अन्यको खोजी भइरहेको छ। पीडित भनिएकी महिलाले नै ठगी गरेको देखियो। उनीहरू तीनै जनालाई तारिखमा छाडिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.