कार्यपालिका बैठक बस्न तीन दिनको यात्रा

कार्यपालिका बैठक बस्न तीन दिनको यात्रा
सुन्नुहोस्

रुकुमपूर्व : पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाको बैठक सुनदहमा सम्पन्न भएको छ। रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले पर्यटकीय स्थलको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन र बाह्य मदिरा नियन्त्रण गर्ने कार्यविधि पास गर्दै सुनदहमा कार्यपालिकाको बैठक सम्पन्न गरेको हो।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सुनदह क्षेत्रलाई पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न कार्यपालिकाको ३१ औं बैठक सुनदहमा आयोजना गरिएको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताए। अध्यक्ष घर्तीका अनुसार पूर्व निर्धारित कार्यपालिकाको निर्णय अनुसार सुनदह क्षेत्रमा बैठकको आयोजना गरिएको हो।

गाउँपालिकाले सुनदह व्यवस्थापन कार्यविधि, बहुमुल्य जडीबुटी व्यवस्थापन तथा संरक्षण कार्यविधि, स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन बाह्य मदिरा नियन्त्रण कार्यविधि, स्थानीय सरकार गठन भए पश्चात् हालसम्मका सबै बेरुजु फर्छ्यौट गर्नका लागि लेखा समितिलाई जिम्मा दिने अझै त्यसलाई प्रभावकारी बनाउन आवश्यक परे उप समिति गठन गर्ने र विद्यालयको स्थलगत अनुगमन गरि प्रतिवेदन पेस गर्नका लागि कार्य दल गठन गरिएको गाउँपालिका प्रवक्ता टीकासाइ घर्ती मगरले बताए।

पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको उच्च क्षेत्रमा आएर महत्त्वपूर्ण निर्णयहरू गर्न पाउँदा सिङ्गो गाउँपालिकाको टिम उत्साहित भएको र पर्यटन प्रवर्द्धन सम्बन्धी अध्यन गर्न पाउँदा आफू लगायत कर्मचारी सर्कल सबै खुसी भएको बताए।

यस्ता महत्त्वपूर्ण निर्णयहरू पारित गर्नका लागि गाउँपालिकाको टिम लगायत स्थानीय युवा बुद्धिजीवी सबैको सहयोग भएको ३ नम्बर वडा अध्यक्ष विजय बुढा मगरले बताए।

कर्मचारी सर्कल खुसी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धुर्व वि.क. ले बताए।

स्थानीय तह बनेपछि खुल्ला ठाउँ पर्यटकीय स्थलमा बैठकको आयोजना सँगै ठूलो निर्णय गरिएको यो पहिलो पटक भएको पुथा उत्तरगंगा गाउँपालिको दाबी छ। बैठकको लागि कार्यपालिकाको बहुमत सदस्य, पालिकामा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थितिमा ३ दिनको यात्रा पश्चात् पुथा उत्तरगंगा गाउँपालिकाले महत्त्वपूर्ण निर्णय गर्दै ३१ औं कार्यपालिका बैठक सम्पन्न गरेको छ। त्यसका साथै स्वास्थ्य, शिक्षा र विकास निर्माण लगायतका विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.