अवैध पेस्तोलसहित खाजा घरमा भेटिए नेपाली सेनाका सिपाही

अवैध पेस्तोलसहित खाजा घरमा भेटिए नेपाली सेनाका सिपाही
फाइल तस्बिर

काठमाडौं : काठमाडौंको नागार्जुन नगरपालिका–१ रानीवनमा अवैध हतियार सहित नेपाली सेनाका सिपाही पक्राउ परेका छन्। प्रहरी नियन्त्रणमा रहेका अनिल खड्का नेपाली सेनाका बहालवाल सिपाही हुन्। 

प्रहरीले उनको साथबाट एक थान पेस्तोल र खाली बरामद गरेको छ। दैलेख भगवतीमाई गाउँपालिका-७ घर भई काठमाडौं महानगरपालिका–१६ रानीवन बस्ने २५ वर्षीय अनिल खड्का हतियार सहित पक्राउ परेका हुन्। 

नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरव कुमार केसीले पक्राउ परेका अनिल खड्का नेपाली सेना भएको पुष्टि गरेका छन्। उनीसँग बरामद गरिएको भनिएको हतियार भने नेपाली सेनाको नभएको केसीले जानकारी दिए। स्वयम्भूमा रहेको नेपाली सेनाको अस्थायी निर्देशमा खड्का काजमा खटिएका थिए। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार नेपाली सेनाका सिपाही अनिल खड्कालाई रानीवनमा रहेको एक खाजा घरबाट हतियार सहित पक्राउ गरिएको हो। खड्काले उक्त एरियामा हतियार बोकेर हिँड्ने गरेको र स्थानीयलाई त्रसित बनाउने गरेको सूचना प्रहरी कार्यालयमा पुगेको थियो। 

हतियार बोकेर खाजा घरमा गएका खड्काले त्यहाँ धाकधम्की दिने र हतियारको डर देखाई त्रसित बनाएर हिँड्ने गरेका थिए। सूचनालाई पछ्याउँदै प्रहरी बृत्त स्वयम्भूको विशेष टोली रानीवन पुगेको थियो। उनलाई शनिबार राति ९ बजे प्रहरीले हतियारसहित नियन्त्रणमा लिएको हो। काठमाडौं महानगरपालीका-१६ रानिवन नमुनावस्तीमा रहेको उनको कोठाबाट प्रहरीले अटो पेस्तोल युएस ६५ नो १ लेखिएको पेस्तोल र खाली म्याग्जीन फेला पारी बरामद गरेको छ। घटनाका विषयमा प्रहरी वृत्त स्वयम्भूबाट अनुसन्धान भइरहेको छ। 

नेपाली सेनाका प्रवक्ता गौरव केसीका अनुसार हतियार सहित पक्राउ परेका सिपाहीलाई प्रहरीले प्रारम्भिक अनुसन्धान गर्छ। म्याद थप गर्नका लागि अदालत जाने क्रममा अदालतको आदेश अनुसार नै बाँकी कारबाही अगाडि बढ्छ। यस्तो अवस्थामा अदालतले उक्त मुद्दाका विषयमा सैनिक अदालतलाई नै जिम्मा दिनु भन्ने आदेश दिन सक्छ। कहिलेकहीँ प्रहरीलाई नै घटनाको अनुसन्धान गर्नु भन्ने आदेश आउन पनि सक्छ। प्रवक्ता केसी भन्छन् ‘सिपाही भएकाले उनलाई सैनिक ऐन अनुसार नै कारबाही अगाडि बढ्छ। उक्त मुद्दा सैनिक अदालतमा पेश हुन्छ। 

सैनिक ऐनको व्यवस्था अनुसार बोर्ड गठन हुने, इन्क्वाइरी हुने, कोटमार्संल हुने लगायतको प्रक्रियामा जान्छ। घटनाको गम्भीरताका आधारमा कुन धारा र दफा आकर्षित हुन्छ ? सबै छलफल गरेर मुद्दा दर्ता हुन्छ। सैनिक ऐन अन्तर्गत सैनिक आचरण र अनुशासन विपरीत कार्य गरेको कसूर आकर्षित हुन्छ। केसी भन्छन्, ‘हातहतियार र खरखजाना कसूरलाई गम्भीर विषयवस्तुका रूपमा हेर्ने गरिन्छ। ऐनमा विभिन्न प्रावधानहरू छन्। जेल सजायदेखि भविष्यमा सरकारी जागिरका लागि अयोग्य हुनेगरी जागिर जानेसम्मको सजाय पनि हुनसक्छ।’ 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.