लामिछानेलाई पक्राउ गर्ने, गुरुङलाई संरक्षण गर्ने विषय पार्टीलाई मान्य छैन : माओवादी केन्द्र
गौशाला (महोत्तरी) : नेकपा माओवादी केन्द्रका सचिव लिलामणि पोखरेलले २०८४ सालको चुनावमा पार्टीले एक नम्बरको बन्ने दाबी गरेका छन् । आइतबार महोत्तरीको गौशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले आफ्नो पार्टी जनपक्षीय न्यायको खोजीमा रहेको बताएका हुन् ।
उनले भने, 'सरकारले एउटै प्रकरणका मुद्दामा पुर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरे छन् । त्यस्तै सोही प्रकरणका मुद्धामा काँग्रेसका उपसभापति धनराज गुरुङलाई संरक्षण दिएका छन् । जुन हाम्रा पार्टीलाई मान्य छैन् ।' त्यसकै विरुद्धमा र देशमा एउटै प्रकारका कानुन ल्याउनका लागि हाम्रा पार्टीले सरकारलाई सचेत गराउनका लागि खबरदारी जुलुस निकालेका छन् ।
वर्तमान परिवेशमा सरकार गिराउने वा बनाउने खेलमा आफ्नो पार्टी नलाग्ने पोखरेलको भनाई रहेको छ । उनले थपे, 'जसरी सरकारले सय दिन मनाएपछि हामीले खबरदारी गर्यौं । त्यसरी नै हामी समय समयमा सरकारलाई सचेत गराउनेछौँ । त्यति गर्दा समेत सरकार जनमुखी नभए हामी सडक तताउनेछौं ।'