कार्यपालिका बैठक बस्न तीन दिनको यात्रा

कार्यपालिका बैठक बस्न तीन दिनको यात्रा
सुन्नुहोस्

रुकुमपूर्व : पर्यटकीयस्थलको प्रचारप्रसार गर्ने उद्देश्यका साथ गाउँ कार्यपालिकाको बैठक सुनदहमा सम्पन्न भएको छ। 

रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाले पर्यटकीयस्थलको प्रचारप्रसार तथा संरक्षण गर्ने उद्देश्यले स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन र बाह्य मदिरा नियन्त्रण गर्ने कार्यविधि पास गर्दै सुनदहमा कार्यपालिकाको बैठक सम्पन्न भएको हो।

गाउँपालिकाको वडा नम्बर ३ मा रहेको सुनदह क्षेत्रलाई पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसार गर्न कार्यपालिकाको ३१ औं बैठक सुनदहमा आयोजना गरिएको पुथा उत्तरगंगा गाउँपालिका अध्यक्ष पुनिराज घर्तीले बताए।

गाउँपालिकाले सुनदह व्यवस्थापन कार्यविधि, बहुमूल्य जडीबुटी व्यवस्थापन तथा संरक्षण कार्यविधि, स्थानीय मदिरा व्यवस्थापन तथा प्रवर्द्धन, बाह्य मदिरा नियन्त्रण कार्यविधि, स्थानीय सरकार गठन भएपश्चात् हालसम्मका सबै बेरुजु फस्र्योट गर्न लेखा समितिलाई जिम्मा दिने, अझै त्यसलाई प्रभावकारी बनाउन आवश्यक परे उपसमिति गठन गर्ने र विद्यालयको स्थलगत अनुगमन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गरिएको गाउँपालिकाका प्रवक्ता टीकासाई घर्तीमगरले बताए।

पर्यटन प्रवर्द्धनको प्रचुर सम्भावना बोकेको उच्च क्षेत्रमा आएर महत्त्वपूर्ण निर्णयहरू गर्न पाउँदा सिंगो गाउँपालिकाको टिम उत्साहित भएको उनले बताए। साथै पर्यटन प्रवर्द्धनसम्बन्धी अध्यन गर्न पाउँदा आफूलगायत कर्मचारी सर्कल सबै खुसी भएको पनि उनको भनाइ छ। यस्ता महत्त्वपूर्ण निर्णयहरू पारित गर्न गाउँपालिकाको टिमलगायत स्थानीय युवा बुद्धिजीवीको सहयोग भएको ३ नम्बर वडाध्यक्ष विजय बुढामगरले बताए।

स्थानीय तह बनेपछि खुल्ला ठाउँ पर्यटकीय स्थलमा बैठकको आयोजनासँगै ठूलो निर्णय गरिएको यो पहिलो पटक भएको पुथा उत्तरगंगा गाउँपालिकाको दाबी छ। बैठकको लागि कार्यपालिकाको बहुमत सदस्य, पालिकामा कार्यरत कर्मचारी, सञ्चारकर्मी लगायतको उपस्थितिमा तीन दिनको यात्रापश्चात् पुथा उत्तरगंगा गाउँपालिकाले महत्त्वपूर्ण निर्णय गर्दै बैठक सम्पन्न गरेको हो। त्यसका साथै स्वास्थ्य, शिक्षा र विकास निर्माणलगायतका विषयमा पनि महत्त्वपूर्ण निर्णयहरू पारित गरिएको गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.