पटका बनाउने क्रममा बालक घाइते
कास्की : पोखरामा पटका बनाउने क्रममा बालक घाइते भएका छन्। घाइते हुनेमा पोखरा महानगरपालिका-२१ फुर्सेखोला रोइकरेका १७ वर्षीय असिम परियार रहेका छन्। आल्मुनियमको पातामा २० बट्टा सलाईको काँटीले पटका बनाउने क्रममा अचानक पड्किएको थियो।
उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचारपश्चात थप उपचारका लागि कीर्तिपुर अस्पताल काठमाडौं रिफर गरिएको छ।
उनको शरीरको विभिन्न स्थानमा चोट लागेको छ। उक्त स्थानमा वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट प्रहरी टोली खटिएर थप अनुसन्धान गरिरहेको छ।