डेंगु संक्रमित बढेपछि लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान
धनकुटा : डेंगु संक्रमित बिरामी बढेपछि साँगुरीगढी गाउँपालिकाले लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरेको छ । साँगुरीगढी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा सोमबार धरान–धनकुटा कोशी राजमार्ग अन्तर्गत तम्मर उखुडाँडादेखि सिम्सुवा भेडेटार बजारसम्म लामखुट्टेको बासस्थान खोजी तथा लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको हो ।
पछिल्लो समय साँगुरीगढी गाउँपालिका मात्रै डेंगु संक्रमित विरामीको संख्या ७ जना पुगेको स्वास्थ्य शाखा प्रमुख उमेश खनालले बताए । अभियान अन्तर्गत कोशी राजमार्गमा रहेको मोटरसाइकल ग्यारेज, होटल आसपासका क्षेत्रमा सरसफाइ गरिएको छ ।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी कर्मचारी, होटल व्यवसायी र स्थानीय वासिन्दाको सहभागिता रहेको गाउँपालिका अध्यक्ष जितेन्द्र राईले बताए । धनकुटा भरिमा डेंगु संक्रमित बिरामीको संख्या ३० जना पुगेको छ ।