उपभोक्ता अदालतको अध्यक्ष र सदस्य सिफारिस
काठमाडौं : न्यायपरिषद्ले उपभोक्ता अदालतको एक अध्यक्ष र सदस्य सिफारिस गरेको छ।
उपभोक्ता अदालतको एक अध्यक्ष जिल्ला न्यायाधीशसहित अन्य दुई सदस्यहरू हुनेमा न्यायपरिषद्ले अध्यक्षमा रामप्रसाद शर्मा (जिल्ला न्यायाधीश काठमाडौं ) र सदस्यमा न्याय सेवा आयोगले गेहेन्द्रराज रेग्मीलाई तोक्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ।
अब मन्त्रिपरिषद्ले एक जना सदस्य र सर्वोच्च अदालत प्रशासनले स्रेस्तेदार तोक्न बाँकी छ।