क्यान्सर उपचारमा स्वागतयोग्य निर्णय

क्यान्सर उपचारमा स्वागतयोग्य निर्णय
सुन्नुहोस्

हुर्कंदै गरेका कलिला  सन्तानलाई  क्यान्सर भएपछि अभिभावकहरू चिन्तित हुने गरेका छन्।  उपचार गर्दागर्दै कतिपय अभिभावकले  खर्च धान्न नसकेर बीचैमा उपचार रोक्न बाध्य छन्।  समयमै उपचार पाएमा क्यान्सर निको हुने भए पनि उपचार खर्च व्यहोर्न भने जो कोहिलाई धौधौ पर्ने गरेको छ।

सरकारले मुलुकका तीनवटा सरकारी अस्पतालमा १४ वर्षमुनिका बालबालिकाको उपचार निःशुल्क गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने मन्त्रीस्तरीय  निर्णय आइतबार गरेका हुन्। जुन सकारात्मक र स्वागतयोग्य छ। प्रत्येक बालबालिकालाई राज्यबाट स्वास्थ्य तथा सर्वाङ्गीण व्यक्तित्व विकासमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त हुनुलाई सम्बन्धित सरोकारवाला विज्ञ चिकित्सकले पनि सराह्रना गरेका छन्। 

सरकारी अस्पतालहरू कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा क्यान्सरको उपचार सेवा निःशुल्क गर्ने निर्णय गरिएको छ। यस निर्णयबाट गरिबीका कारण क्यान्सर प्रभावित बालबालिकाको समयमै उपचारमा पहुँच पुग्नेछ। बालबालिकामा रक्त क्यान्सर, मस्तिष्क, मिर्गौला र मांसपेशी एवं हड्डीको क्यान्सर बढी पाइएको छ। समयमै उपचार पाएको अवस्थामा अकालमा मृत्युवरण गर्नुपर्ने छैन। नेपालमा हरेक वर्ष करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। नेपालमा कुल हुने मृत्युमध्ये दुई तिहाइभन्दा बढी ७१ प्रतिशत नसर्ने रोगका कारण हुने गरेको छ। त्यसमध्ये ११ प्रतिशतको क्यान्सरका कारण ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ। आगामी मंसिर १ गतेबाट उपचार निःशुल्क हुने गर्ने घोषणा भए पनि उपचार व्यवस्थापनको कार्यलाई  शीघ्रता दिनुपर्ने जरुरी छ।

समयमै र नियमित रूपमा उपचार गर्ने हो भने झन्डै ८० प्रतिशत बालबालिकाको क्यान्सर निको हुन्छ।  सरकारको घोषणाले उपचारबाट वञ्चित भएका बालबालिकालाई पनि अस्पतालमा आउने छन्। अहिले पनि सयौं अभिभावकहरूले क्यान्सरविरुद्ध उपचार गराइरहेका छन्। यस निर्णयको कार्यान्वयनले क्यान्सरबाट हुने बालबालिकाको मृत्युदर घटाउन सहयोग पुग्नेछ। सरकारको निर्णय कार्यान्वयनका लागि निःशुल्क औषधिको उपलब्धता, पर्याप्त पूर्वाधारको व्यवस्था र स्वास्थ्यकर्मीको व्यवस्थापन चुनौतीपूर्ण रहेको छ। क्यान्सरको पहिचानदेखि उपचार गर्दासम्म धेरै चरणहरू हुन्छन्। बहुचरण उपचारका लागि अस्पतालमा दुई साताभित्र भौतिक पूर्वाधारसहित दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने हुन्छ। मन्त्रालयको आन्तरिक स्रोतबाट उपचार खर्च व्यवस्थापन गरिने भनिएको छ । क्यान्सर प्रभावित बालबालिकलाई केमोथेरापी, रेडियोथेरापी र सर्जरी (शल्यक्रिया) गर्नुपर्ने हुन्छ। यी तीनवटै उपचार व्यवस्थालाई सरल, प्रभावकारी र पहुँचयोग्य  गराउन ध्यान दिनुपर्छ।  

श्रीलंकामा बालबालिकाको क्यान्सर उपचार निःशुल्क छ। त्यसैले सरकारले क्षयरोगको  झैं क्यान्सरकाका लागि औषधि उपचार सहज गराउनु जरुरी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.