मोरङको कानेपोखरी र विराटनगरमा दुई जना मृत फेला

मोरङको कानेपोखरी र विराटनगरमा दुई जना मृत फेला
सुन्नुहोस्

विराटनगर : मोरङको कानेपोखरी र विराटनगरमा दुई जना मृत फेला परेका छन् । विराटनगरमा एक पुरुष र कानेपोखरीमा एक जना महिला मृत भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए। 

विराटनगर महानगरपालिका–९ चुलाचुली मार्गमा अन्दाजी ५० वर्षीय पुरुष बुधबार बिहान ७:३० बजेतिर मृत फेला परेको उनले बताए । मृतकको पहिचान खुल्न बाँकी छ । 

सडक छेउमा मृत अवस्थामा देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत फेला परेका पुरुष केही समयदेखि विराटनगर बजार क्षेत्रमा मागीखाइ हिँड्ने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् । 

डीएसपी जोशीका अनुसार कानुनी प्रक्रिया पूरा गरी शवलाई घटनास्थलबाट उठाएर पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । मृतकको पहिचानको प्रयास गर्दै घटनाको अनुसन्धान सुरु गरिएको उनले बताए । 

त्यस्तै, कानेपोखरी गाउँपालिका–४ हात्ती डुब्बामा एक जना महिला मंगलबार साँझ आफ्नै घरभित्र मृत अवस्थामा भेटिएकी छन् । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी मोहनविक्रम दाहालका अनुसार नीरकुमार राईकी पत्नी ५१ वर्षीया शान्ता राई ओछ्यानमा मृत फेला परेकी हुन् । उनका अनुसार आफ्नै घरमा सुतिरहेको अवस्थामा साँझ ५:५० बजेतिर महिला मृत फेला परेपछि प्रहरी परिचालन गरेर घटनास्थल सुरक्षित राखिएको छ । 

बाहिर रहेकी मृतककी छोरी आइसकेपछि कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा लगिने दाहालले बताए । उनका अनुसार महिलाको मृत्युको कारण खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.