बाह्रकुने दहको विकासमा लुम्बिनी सरकार

बाह्रकुने दहको विकासमा लुम्बिनी सरकार
घोराहीस्थित धार्मिक महत्त्व बोकेको बाह्रकुने दहको विकासका लागि अनुगमनमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिँचाइमन्त्री सीता चौधरी ।
सुन्नुहोस्

अर्घाखाँची : दाङको प्रसिद्ध धार्मिकस्थल एवं पर्यटकीय गन्तव्यका रूपमा रहेको बाह्रकुने दहको विकास गर्न चार वर्षअघि लुम्बिनी प्रदेश सरकारले ६ करोड ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

दहमा रहेको ताललाई ठूलो बनाउने, जैविक पार्क निर्माण गर्ने तथा मन्दिर निर्माणका लागि विनियोजन भएको रकमले स्थानीयको असहमतिका कारण लक्षित काम हुन सकेन । तर, दुई वर्षसम्म काम सम्पन्न गर्ने गरी चयन भएको योजनाको काम सम्पन्न गर्न पटकपटक म्याद भने थप भइरहेको छ । बाह्रकुने दहमा पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले चार वर्षअघि छनोटमा रहेको योजनालाई निरन्तरता दिन वर्तमान प्रदेश सरकारले चासो राखेको छ ।

यहाँ निर्माण हुने भनिएका संरचनाहरूको निर्माणमा भइरहेको ढिलाइबारे लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपाने, सिँचाइ मन्त्री सीता चौधरीले जानकारी लिन स्थलगत अनुगमनसमेत गरेका छन् ।

‘प्रदेश सरकारबाट छनोटमा परेको यो योजनाको काम स्थानीयहरूको विमतिका कारण ढिलाइ बन्दै आएको अवस्था रहेछ,’ उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेले भने, ‘जिल्लामा पर्यटकहरू भित्त्याउन सकिने बाह्रकुने दहको विकासका लागि कसरी काम गर्न सकिन्छ ? कसरी चार वर्षअघि बनेको योजनाअनुसार काम गर्न सकिन्छ ? भन्ने विषयमा छलफलका लागि मुख्यमन्त्रीलाई समेत स्थलगत अनुगमन गराएर समस्याको निकासका लागि पहल गरेका हौं, स्थलगत अध्ययन र छलफलबाट यो कामलाई गति दिने र यो वर्षभित्रै योजना निर्माणको काम सम्पन्न गर्ने सहमति भएको छ ।’

मन्त्री न्यौपानेका अनुसार चार वर्षअघि बनेको योजनाअनुसार दह परिसरमा तालको आकार फैलाउने भन्ने थियो । तर दहको आकार बदलिँदा बाह्रकुनेको ऐतिहासिक महत्त्व नासिने भन्दै स्थानीयले विरोध गर्दै आएका थिए ।त्यसका लागि कानुनी बाटो सहज बनाउने काम सरकारले गर्ने भएको छ । ‘यहाँ स्थानीय स्तरमा विवाद नहुने गरी तपाईंहरूले काम अगाडि बढाउनुस्,’ मुख्यमन्त्री आचार्यले भने, ‘काम गर्दा आइपर्ने कानुनी जटिलतालाई सरकारले फुकुवा गर्छ ।’ प्रदेशको समृद्धिको प्रमुख आधार भनेकै पर्यटन रहेकाले पर्यटन क्षेत्रको विकासमा कसैले पनि विलम्ब गर्न नहुने उनको भनाइ थियो ।

निर्माण पक्षले पनि दह परिसरको विकासका लागि बनेको गुरुयोजनाअन्तर्गत यसै वर्षभित्रै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।उद्योग, पर्यटन तथा यातायात मन्त्री न्यौपानेका अनुसार अब यो पर्यटकीय स्थलमा पार्क, मन्दिरसँगै ड्याम निर्माणको काम हुनेछ । डुंगा सञ्चालन गर्ने गरी ड्याम निर्माण हुनेछ भने जंगली जनावर अवलोकन गर्न सकिने गरी पार्क निर्माणको काम यसै वर्ष सम्पन्न गरिनेछ ।

घोराही—१३ मा रहेको बाह्रकुने दह दाङको प्रमुख धार्मिक गन्तव्यमध्येको एक हो । जिल्लाको प्रमुख पिकनिक थलोसँगै धार्मिक महत्त्व बोकेको यो स्थलमा आन्तरिक पर्यटकहरूको भीड रहने गर्दछ । यहाँ माघमा ठूलो मेलासमेत लाग्ने गर्दछ । आन्तरिकसँगै बाह्य पर्यटकलाई समेत भित्त्याउन सकिने गरी यो दह क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना बनाएको हो ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.