विपद्का बेला उद्धरमा खटिने प्रहरीलाई प्राथमिक उपचारसम्बन्धी तालिम

विपद्का बेला उद्धरमा खटिने प्रहरीलाई प्राथमिक उपचारसम्बन्धी तालिम
सुन्नुहोस्

वीरगन्ज : प्राकृतिक विपद, दुर्घटनापछि उद्धारमा खटिने मधेस प्रदेशमा कार्यरत ३५ जना सशस्त्र प्रहरीलाई प्राथमिक उपचारक अनुशिक्षण तालिम दिइएको छ । वीरगन्ज हेल्थ केयर हस्पिटलको समन्वयमा बाराको पिलवुवास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ हेड क्वाटरमा आयोजित तालिममा सशस्त्र प्रहरी बलका ३५ जना सुरक्षाकर्मीलाई ८ दिने तालिम दिइएको हो । 

बाढी पहिरो,भूकम्प,आगलागी जस्ता प्राकृतिक विपद, सडक दुर्घटना तथा आन्दोलन, प्रदर्शन इत्यादीमा  घाइतेहरूको उद्धारमा खटिने सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई प्राथमिक उपचारसम्बन्धी तालिम दिइएको हो।

उद्धारका लागि खटिएका सुरक्षाकर्मीले घाइतेहरूलाई अस्पतालसम्म पुर्‍याउनुअघि घटनास्थलमै तत्काल प्राथमिक उपचार कसरी गर्ने ? ज्यान जाने जोखिमबाट उनीहरूलाई कसरी बचाउने ? लगायतका विषयमा अस्पतालका विशेषज्ञ चिकित्स र स्वास्थ्यकर्मीले तालिम दिएका हुन्।

यसका साथै आफनो कार्यक्षेत्रमा कार्यरत रहेकै बेला घाइते वा अकस्मात बिरामी हुने आफ्नै सहकर्मीलाई पनि तत्कालका लागि प्राथमिक उपचार कसरी गर्ने बारेमा पनि उनीहरूलाई तालिम दिइएको वीरगन्ज हेल्थ केयर हस्पिटलका मुटुरोग विशेषज्ञ डाक्टर शाहिद मुर्तुजाले बताए । 

उनका अनुसार, ८ दिने तालिममा घाउ चोट लागेका घाइतेको मलमपट्टी कसरी गर्ने, अचेत भएकालाई होसमा ल्याउन के के गर्ने ?, ज्वरो, रक्तचाप र मुटुको धड्कन कसरी नाप्ने इत्यादी विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइएको हो । 

उक्त ८ दिने आवासीय तालिममा मधेस प्रदेशका १० वटै गण, एउटा बाहिनी र एउटा मुख्यालय गरी १२ वटा ईकाईबाट गरी ३५ जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीको सहभागीता रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४० रिजर्भ हेड क्वाटर पिलवा बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक मोहन बहादुर क्षेत्रीले जानकारी दिए । उद्धारमा खटिने सशस्त्र प्रहरीका लागि यस्तो प्रकारको तालिम मधेस प्रदेशमै पहिलो पटक भएको पनि उनले बताए । 

तालिमको अन्तिम दिन बुधबार आयोजित प्रमाणपत्र वितरण समारोहमा बोल्दै सशस्त्र प्रहरी उपरीक्षक क्षेत्रीले प्राकृतिक विपद वा सडक दुर्घटना भएका बेला उद्धारमा खटिदा र आफ्नो कार्यक्षेत्रमै खटिदाका बखत पनि घाइते र बिरामीको उद्धार गर्ने क्रममा अनेक जटिलताहरू आउने गरेको बताए । त्यसबेला अहिलेको यो तालिमबाट प्राप्त प्राथमिक उपचार सम्बन्धी ज्ञान र सिप निक्कै काम लाग्ने उनले बताए । 

उनले तालिममा सिकेका सिप र ज्ञान सदुपयोग गर्न तालिम लिएका सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई आग्रह पनि गरे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.