जनताको विकास पहिलो प्राथमिता : मुख्यमन्त्री लामा

जनताको विकास पहिलो प्राथमिता : मुख्यमन्त्री लामा
सुन्नुहोस्

नुवाकोट : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा तामाङले जनताको विकास नै पहिलो प्राथमिकता भएको बताएका छन्। उनले आवश्यकताअनुसार विकासका कार्यहरू गर्दै लैजाने बताए।

 
नुवाकोटको विदुरमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री लामाले सरकारले जनताको कामलाई पहिलो प्राथमिकताका साथ अगाडि बढाइएको र त्यसमा साथ दिन सबै पक्षलाई आग्रह गरे। आफूले यो वा त्यो नभई जनताको समृद्धि र परिवर्तन हुने विकासका कामलाई पहिलो प्राथमिकता दिएर कार्य गरिरहेको उनको भनाइ छ।

कांग्रेसको समाजवाद अनुसार प्रत्येक नागरिकले स्वास्थ्य, शिक्षा, रोजगारी सिर्जना गरेर देशलाई विकासको बाटोमा लैजाने भएकाले वर्तमान सरकार त्यसको आधारमा नै अघि बढिरहेको मुख्यमन्त्री लामाले बताए। 

मुख्य कुरा देश विकासका लागि युवा पुनःस्थापना र रोजगारी सिर्जना गर्नुपर्ने भन्दै त्यसका लागि कलकारखाना तथा उद्योगहरू खोल्नुपर्ने उनले उल्लेख गरे। 

नुवाकोट जलविद्युतको हब भएकाले त्यहीअनुसार विकास गर्नुपर्ने र यसको गुरुयोजना अगाडि बढिसकेको पनि लामाले बताए। उनले त्रिशूली, तादी, लिखु, सलाखु, फलाखुलगायतका नदीबाट बिजुली निकालेर युवालाई स्वदेशमै रहन दिनुपर्ने वातावरण सिर्जना गर्न आफू लागिपरेको बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.