![अपराध अनुसन्धानमा खटिने कुकुरहरूको यसरी गरियो पूजा (तस्बिरसहित)](https://annapurnapost.prixacdn.net/media/albums/kukur_tihar__12_vIbZrtqiM4_Kt0X7Frm73.jpg)
काठमाडौं : तिहारको दोस्रो दिन आज देशभर कुकुरको पूजासहित मीठामीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाइएको छ। यसै अवसरमा प्रहरी प्रधान कार्यालय केनाइन महाशाखा महाराजगंजमा बिहीबार आयोजित कार्यक्रममा कुकुरको पूजा गरिएको हो।
कार्यक्रममा महाशाखाका प्रहरी कर्मचारी र कुकुरहरूले विभिन्न कला प्रदर्शन गरेका थिए। नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यका साथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरूको प्रयोग हुँदै आएको छ ।
कुकुरको पूजा गरी मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामासमेत साथ दिएको धार्मिक विश्वास छ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरू समेत छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)