बारामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अनावरण

बारामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अनावरण
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ नमुना चोकमा बिहीबार महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक अनावरण गरिएको छ । महाकवि देवकोटाको ११६औं जन्मजयन्तीको अवसर पारेर शालिक अनावरण गरिएको हो ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को सहयोगमा निर्माण भएको उक्त शालिकको बारा क्षेत्र नम्बर ३ की प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री ज्वालाकुमारी साहले अनावरण गरेकी हुन् । शालिक अनावरण भएसँगै नमुना चोकलाई देवकोटा चोकको रूपमा घोषणा गरिएको छ ।

वडाध्यक्ष हरिदेव खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका उपप्रमुख भोलाप्रसाद अधिकारी, सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर बस्नेत, नेकपा एमाले बाराका सचिव सृजन बजगाईं,साहित्यकार हृदयनारायण चौधरी, वडा नम्बर १२ का वडाध्यक्ष श्यामबाबु खाँ, वडा नम्बर १३ का वडाध्यक्ष हेमनारायण चौधरी, वडा नम्बर १८ का वडाध्यक्ष चतुरबाबु वाग्ले, जीतपुरसिमरा १६ का पूर्व वडाध्यक्ष केदारनाथ बजगाईं,सिमरा साहित्य समाजका अध्यक्ष रामप्रसाद अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

स्थानीय नवराज रिमालको अध्यक्षतामा गठित उपभोक्ता समितिमार्फत महाकवि देवकोटाको शालिक निर्माण भएको हो । शालिक अनावरण कार्यक्रममा स्थानीय युवा साहित्यकार अविनाश सापकोटाद्वारा लिखित गजल संग्रह अग्राखको लोकार्पण समेत गरिएको थियो ।

कार्यक्रममा साहित्यिक स्रष्टा र विद्यार्थीले आफ्नो रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा सहभागी विद्यार्थीलाई वडा कार्यालयद्वारा सम्मान गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.