अर्घाखाँचीमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाइने

अर्घाखाँचीमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाइने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

अर्घाखाँची: अर्घाखाँचीमा राति नौ बजेपछि देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले एक सूचना जारी गर्दै  राति ९ बजेपछि देउसी/भैलो खेल्न प्रतिबन्ध लगाएको हो।

देउसी/भैलो तथा तिहारका अन्य गतिविधिमा आवश्यक सजगता अपनाउनु पर्ने र कुनै पनि प्रकारका अशान्ति र अव्यवस्थित गतिविधि हुन नदिनका लागि  प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए।

जिल्ला प्रशासन कार्यालयले परम्परागत रुपमा चलिआएको संस्कृतिको जगेर्ना गर्दै मर्यादित तथा अनुशासित भएर देउसी भैलो खेल्न भनेको छ । प्रशासनले पटाका, आतिशबाजी, जुवा, तास मादक पदार्थ सेवनलगायतका गतिविधिमा संलग्न नहुन समेत सबैमा अनुरोध गरेको छ। यदि यस्तो कार्यहरूमा संलग्न पाइए कानुनीअनुसार कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.