तिहार विशेष : यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)

तिहार विशेष : यसरी बनाउनुहोस् मुलाको अचार (विधिसहित)
सुन्नुहोस्

काठमाडौं : यतिबेला तिहार पर्व धुमधामका साथ मनाइरहेका छौं। तिथि घटबढका कारण आज तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । हिजो बिहान कुकुर पूजा र साँझ लक्ष्मी पूजा मनाइएको छ। भक्तपुरका नेवार समुदायले भने आज म्हः पूजा र भोलि भाइटीका मनाउँदैछन्। 

दिदीबहिनीलाई तिहारको चटारोले छोइसकेको छ। यतिबेला कतिपय दिदीबहिनी आफ्ना दाजुभाइका लागि मरमसला र उपहार किन्‍नमा व्यस्त छन् भने कोही विभिन्न किसिमका अचार बनाउनमा तल्लिन छन्।

तिहारमा सेल रोटीको महत्व जत्तिकै अचारको पनि रहन्छ। शाकाहारी दाजुभाइलाई अचार नभए के खुवाउने। उसो त अचारले मांसहारीलाई पनि लोभ्याएकै हुन्छ। तिहारमा सेलरोटी र मासुका परिकारसँगै मुला, काँक्रोको अचारले दाजुभाइलाई सत्कार गर्दाको मज्जा नै बेग्लै हुन्छ।

उसो त मुलाको अचार अघिपछि पनि त खाएकै हुन्छ। तर, तिहारमा सेल रोटी र मासुका परिकारले अमन बनाएको हुन्छ। यस्तो बेला अमिलो र पीरो खान मन लाग्छ। यस्तो बेलामा मुलाको अचार खाँदा स्वास्थ्यका लागि फाइदा नै हुन्छ।

बनाउन सजिलो र खान स्वादिलो हुने भएकाले मुलाको अचार सबैको रोजाइमा पर्ने गर्छ। मुलाको अचार बनाउन धेरै सामग्रीको आवश्यकता पर्दैन। थोरै समयमा  थोरै सामग्रीबाट पनि स्वादिलो अचार बनाउन सकिन्छ।

मुलाको अचार बनाउने विधि

आवश्यक सामग्री

- दुईवटा मुला 

- आधा चम्चा रातो खुर्सानीको धूलो

- आचा चम्चा बेसार

- थोरै हिङ

- आधा चम्चा अजवाइन

- आधा चम्चा मेथी

- एक ठूलो चम्चा रायोको दाना

- एक ठूलो चम्चा सौप

-  १/२ चम्चा नुन

- आवश्यकताअनुसार तोरीको तेल
 
बनाउने विधि

सबैभन्दा पहिले मुलालाई राम्रोसँग पखालेर सुकाउनुपर्छ।सुकेको मुलालाई मसिनो र एकनासको टुक्रामा काट्नुपर्छ।टुक्रा पारिएको मुलामा नुन राखेर दुई घन्टा जति घाममा राख्नुपर्छ। एउटा कराइमा तेल राखेर चुलोमा राख्ने। तेल तातिसकेपछि त्यसमा मेथी,अजवाइन,रायोको दाना र सौफ राखेर हल्का भुट्नुपर्छ।यसरी भुटिएको मसलालाई एउटा भाँडोमा राख्ने। फेरि त्यही कराइमा तेल राख्ने।

तेल तातीसकेपछि मसिनो गरी काटिएको मुला राख्ने। हल्का आँचमा दुई मिनेटजति भुटिसकेपछि बन्द गर्ने। भुटिसकेको मुला चिसो भएपछि त्यसमा अघि तयार पारिएको मसला,हिङ,बेसा,खुर्सानीको धूलो, र आवश्यकअनुसार नुन मिसाउने। मुलाको अचार दुई तीन दिन घाममा राखेपछि खानलायक हुन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.