नुवाकोटमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

नुवाकोटमा ट्रक र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते
सांकेतिक तस्बिर।

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको थानसिङमा सडक दुर्घटनामा परी एकजना युवकको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।  लिखु गाउँपालिका- ६ दोबाटे थानसिङमा मिनी ट्रक र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु र दुईजना घाइते भएको नुवाकोट प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ​​​​​​ट्रक चालक भने पक्राउ परेका छन् । 

ढिकुरेबाट छहरेतर्फ जाँदै गरेको बा ५ ख ७०१६ नं.को आइचर मिनिट्रक र बिपरीत दिशाबाट आइरहेको  बा६२प २८७९ नं.को मोटरसाइकल ठक्कर खाँदा  दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार  तादी गाउँपालिका ३ का ३६ वर्षीय बिनोद चौलागाईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

मोटरसाइकल चालक तादी गाउँपालिका -३ का ३२ वर्षीय राजाराम श्रेष्ठ,मोटरसाइकलको पछाडि सवार तादी सोही गाउँपालिकाका ३ कै ३६ वर्षीय बिनोद चौलागाई र पैदलयात्री लिखु गाउँपालिका ५ का १८ वर्षीय प्रशान्त गोतामे गम्भीर घाइते भएका छन् ।

घाइतेलाई तत्काल उद्दार गरी काठमाडौं धापासीस्थित ग्रिनसिटी अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा चौलागाईको  मृत्यु भएको एसपी शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार ठक्कर दिएको गाडी,गाडीका चालक  ककनी गापा ८ को २९ विशालकुमार लामिछानेलाई  नियन्त्रणमा  लिइएको छ । 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.