शिक्षासेवी चैतन्य शर्माको निधन

शिक्षासेवी चैतन्य शर्माको निधन
सुन्नुहोस्

काठमाडौं : शिक्षासेवी चैतन्य शर्माको ७३ वर्षको उमेरमा निधन भएको छ । उपचारको क्रममा शर्माको बिहीबार चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो। नेपाल प्रगतिशील प्राध्यापक संगठनका सचिव डा.देवराज अर्यालले शर्माको अन्त्येष्टि शनिबार बिहान ९ बजे पशुपति आर्यघाटमा गरिने अन्नपूर्णलाई जानकारी दिए। जेठा छोरा क्यानडामा रहेको र उनी आउन समय लाग्ने भएकाले शनिबार अन्त्येष्टि गरिन लागिएको हो ।

उनका अनुसार शर्मा ६ महिनादेखि फोक्सोसम्बन्धी समस्याबाट ग्रसित थिए। शर्माका एक श्रीमती, दुई छोरा र एक छोरी छन् । 

शर्मा त्रिभुवन विश्वविद्यालयमा सहप्राध्यापक थिए । उनले त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको अध्यक्षका रुपमा काम गरेका थिए।  यसैगरी प्रा शर्माले मदन भण्डारी मेमोरियल क्याम्पसको प्रमुख भई लामो समय काम गरेका थिए।

उनी नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको संस्थापक महासचिव समेत हुन्।   केही समय उच्च माध्यमिक शिक्षा परिषद्मा उपाध्यक्ष भइ काम गरेका शर्मा २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट नवलपरासीबाट उम्मेदवार बनेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.