करणी गरेको अभियोगमा एक जना पक्राउ
ओखलढुंगा : जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिशंखुगढी गाउँपालिका-५ कालिमाटी टोल बस्ने २७ वर्षीय सुनिल खतिवडालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो।
सुनिलले ती महिलालाई शनिबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी शेर्नाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।