करिब दुई करोड ठगी गर्ने महिला र पुरुष पक्राउ
काठमाडौं : करिब दुई करोड ठगी गर्ने दुई जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोरखा घर भई काठमाडौंको टोखा बस्दै आएकी ३४ वर्षीय रमा ढकाल र नुवाकोट घर भघ सोही ठाउँ बस्दै आएका ३४ वर्षीय रवि रिजाल पक्राउ परेका हुन्।
प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरू १ करोड ९२ लाख २८ हजार ५७० रुपैयाँ ठगी मुद्दामा पक्राउ परेका हुन्। बुधबार पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासी पठाइएको प्रहरीले जानकारी दिएको छ।