रुकुम पूर्वमा गोरु जुधाइ

रुकुम पूर्वमा गोरु जुधाइ
सुन्नुहोस्

रुकुमपूर्व : रुकुम पूर्वको महत गाउँमा गोरु जुधाई प्रतियोगिता सम्पन्न भएको छ। जिल्लाको भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा हरेक वर्षको लक्ष्मी पूजाको अवसरमा उक्त प्रतियोगिता सञ्चालन गरिन्छ। 

गाउँखरदारी समितिको आयोजनमा सञ्चालन गरिएको साँढे गोरु जुधाई प्रतियोगितामा स्थानीय फर्क बहादुर सुनारको साँढे गोरु प्रथम भएको भुमे गाउँपालिका ६ महत गाउँका वर्तमान गाउँ मुखिया भरत बुढाले जानकारी दिए ।

प्रतियोगितामा रुजि सुनारको गोरु द्वितीय र धनप्रसाद बुढाको गोरु तृतीय भएको छ। गाउँका बलिया गोरुको छनोट गरेर यो प्रतियोगिता सञ्चालन गरिएको थियो । प्रतियोगितामा जम्मा १८ वटा साँढे गोरुबीच प्रतिस्पर्धा गराइएको अध्यक्ष बुढाले बताए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल साँढे गोरुका मालिकलाई क्रमशः ५ हजार, ३५ सय र २५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको अध्यक्ष बुढाकाे भनाइ छ । 

वर्षाको सिजनमा लेक तिर उकालिएका साँढे गोरुलाई दशैं तिहारमा गाउँतिर झार्ने र वर्षायाममा कसले गोरुको राम्रो रेखदेख गर्‍यो भनेर थाहा पाउने उद्देश्यका साथ प्रतियोगिता सञ्चालन गर्ने चलन रहेको स्थानीय चेतन खाम मगरले बताए । 

प्रतियोगितामा प्रथम हुने साँढे गोरुका मालिकलाई आयोजकले पैसाको माला लगाई बाजा गाजासहित घरसम्म पुर्‍याउने र सोही टिम सहित स्थानीयहरु जम्मा भई नजिकैको चौतारामा गएर नाचगान गर्ने प्रचलन समेत छ । याे प्रचलन जिल्लाकाे भूमे गाउँपालिका वडा नम्बर ६ महत गाउँमा मात्रै रहेको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.