मोरङको रंगेलीमा वृद्ध मृत फेला

मोरङको रंगेलीमा वृद्ध मृत फेला
सुन्नुहोस्

विराटनगर : मोरङको रंगेलीमा एक जना वृद्ध मृत फेला परेका छन्। घाँस काट्न गएका वृद्धको शव शुक्रबार राति पानीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।

उनका अनुसार रंगेली नगरपालिका–९ महिनाबारीका ६४ वर्षीय लखन सतारलाई मृत फेला परेका हुन्। घाँस काट्न भनेर शुक्रबार अपरान्ह हिँडेका उनी बेलुकासम्म घर नफर्किएपछि आफन्त र परिवारका सदस्यले खोजी थालेका थिए। 

डीएसपी जोशीका अनुसार खोजी गर्ने क्रममा स्थानीय झमक मगरको खेतको पानीमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको हो। शव फेला परेपछि आफन्तले प्रहरीलाई राति ११:३० बजेतिर घटनाको जानकारी गराएका हुन्। 

इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोष कुमार खड्का नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गर्दै शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमा पठाएको छ। सतारको मृत्युको कारण खुल्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको र अनुसन्धानपछि मृत्युको कारण यकिन हुने जानकारी डीएसपी जोशीले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.