नेपाल संवत् : ललितपुरमा पदयात्रा (तस्बिर)
ललितपुर : नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । नेपाल संवत् ११४५ को अवसरमा आज ललितपुरका विभिन्न टोलका बासिन्दाको सहभागितामा पदयात्रा निकालिएको छ । मंगलबजारबाट सुरु भएको मंगलबजार–सुन्धारा–ओखुबहाल–इखलखु–गाबहाल–पुल्चोल–पिम्बाहाल–न्याबही–बङ्गालमुखी हुँदै मंगलबजारमा समापन भएको थियो । र्यालीमा नेवारी समुदायले विभिन्न परम्परागत बाजा बजाएका थिए ।
यसैबीच नेपाल भाषा मंका खलः यलले शनिबार ललितपुरको पाटनमा विशेष समारोह आयोजना गरेको हो। समारोहमा सम्बोधन गर्दै प्रधनमन्त्री ओलीले सबैको सांस्कृतिक पर्वलाई सम्मान गर्दै मौलिक भाषा, संस्कृतिमाथि सबैले गर्व गर्न सक्नुपर्ने बताए।
प्रधानमन्त्री ओलीले नेवारी संस्कृति र भाषा नेपालको एक समृद्धि संस्कृति र विशेष पहिचानको विषय बनेको जिकिर गरे। नेपाल संवतलाई कामकाजका भाषाका रुपमा प्रभावकारी कार्यान्वयन, राष्ट्रिय विभूति शंखधर साख्वाका विषयमा अध्ययन अनुसन्धान गर्ने विषय तथा ऐच्छिक विषयका रुपमा नेपाल भाषालाई पनि समावेश गर्ने जस्ता मागहरु सकारात्मक रहेको उनको भनाई छ।
तस्बिरमा हेर्नुहोस् ललितपुरका बासिन्दाको पदयात्रा
तस्बिर / विकेश शाक्य