वीरगन्ज कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न खानेपानी मन्त्री यादवको निर्देशन

वीरगन्ज कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न खानेपानी मन्त्री यादवको निर्देशन
सुन्नुहोस्

वीरगन्ज : संघीय सरकारका खानेपानी मन्त्री प्रदीप यादवले वीरगन्ज कारागारको स्थलगत निरीक्षण गर्दै त्यहाँ रहेका कैदी–बन्दीहरूको जीवनस्तर, भौतिक सुविधा र उनीहरूले भोगिरहेका समस्याहरू बारे जानकारी लिएका छन्। 

शनिबार बिहानै वीरगन्ज महानगरका मेयर राजेशमान सिंहसँगै कारागारको अनुगमन गर्न पुगेका मन्त्री यादवले कैदीबन्दीहरूसँग संवाद  पनि गरे। कारगारमा कैदीबन्दीहरूले भोगिरहेका कठिनाइ सुनेपछि मन्त्री यादवले तुरुन्तै सुधारका लागि पहल गर्ने वाचा पनि जनाए। 

मन्त्री यादवसँगको संवादका क्रममा कैदीबन्दीहरूले कारागारमा खानेपानी र शौचालयको अभाव रहेको, विद्युत् आपूर्तिमा समस्या रहेको र महिला कैदीबन्दीहरू जीर्ण भवनमै बस्नुपर्ने बाध्यता रहेको लगायतका समस्या सुनाएका थिए। महिला कैदीहरूले आफ्नो बसोबास स्थान असुरक्षित र अस्वस्थकर रहेको गुनासो गर्दै स्वास्थ्य तथा सरसफाइका आधारभूत सुविधाहरूमा सुधार गर्न मन्त्री यादवसँग आग्रह गरे।

मन्त्री यादवले भने, ‘कारागारमा रहेका प्रत्येक व्यक्तिले आधारभूत सुविधा पाउनु पर्छ। विशेष गरी महिला कैदीहरूको लागि शौचालय, बसोबास र खानेपानीको उचित व्यवस्थापन प्राथमिकताका साथ गरिनेछ। यसका लागि सरोकारवाला निकायहरूसँग आवश्यक छलफल गरी शीघ्र सुधारात्मक कदम चाल्नेछौँ।’ उनले महिला कैदीहरूको सुविधामा विशेष ध्यान दिई कारागारको पूर्वाधार र व्यवस्थापन सुधार गर्न निर्देशन पनि दिए।

मन्त्री यादवसँगै निरीक्षणमा रहेका वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले कारागार सुधारमा महानगरले पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले भने, ‘महानगरपालिकाले महिला कैदीहरूको स्वास्थ्य, सरसफाइ र अन्य आधारभूत आवश्यकताहरू पूरा गर्न तत्पर छ। महिला कैदीहरूलाई सुरक्षित र सम्मानजनक वातावरण दिन स्थानीय तहले राज्यका अन्य निकायहरूसँग सहकार्य गर्नेछ।’ 

मेयर सिंहले विशेष गरी महिला कैदीहरू बस्दै आएको जीर्ण भवनको अवस्थालाई सुधार गर्न महानगरको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता पनि जनाए। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले  पनि कैदीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै भने, ‘प्रहरीको जिम्मेवारी केवल सुरक्षा सुनिश्चित गर्नु मात्र होइन। मानव अधिकारको प्रत्याभूति गराउँदै कैदीहरूको जीवनमा  पनि सकारात्मक प्रभाव पार्नु हो। महिला कैदीहरूको स्वास्थ्य र स्वच्छताका सवालमा प्रहरीको भूमिका सशक्त हुनेछ।’

वीरगन्ज कारागारका जेल विनय श्रीवास्तवका अनुसार ६ सय मात्र क्षमता रहेको कारागारमा हाल ११ सय भन्दा बढी कैदीबन्दीहरूलाई राखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.