कोरला नाकामा आन्तरिक पर्यटकको लर्को

कोरला नाकामा आन्तरिक पर्यटकको लर्को
सुन्नुहोस्

जोमसोम : मुक्तिनाथ र कागबेनीधाम लगायतका पर्यटकीय गन्तब्यमा मात्रै सीमित रहेको मुस्ताङ जिल्लाको पर्यटन अब भने उपल्लो मुस्ताङमा अवस्थित कोरलानाकाले तान्न थालेको छ। मुक्तिनाथ दर्शन गर्नका लागि आउने नेपाली आन्तरिक पर्यटकको ध्यान पछिल्लो समय उत्तरी चीनसँग सीमाना जोडिएको कोरलानाकातर्फ पर्न गएको हो।

भारतीय नाकाबन्दी निकै चर्चामा रहेको उपल्लो मुस्ताङको कोरलानाकामा पछिल्लो समय आन्तरिक पर्यटकको क्रेज बढ्दै जान थालेको हो। सरकारले उत्तरी कोरलानाकालाई पर्यटन तथा ब्यापारिक मार्ग विस्तार गर्ने उद्देश्यले २०७३/०७४ सालदेखि राष्ट्रिय गौरवको बेनी-जोमसोम-कोरला) सडक आयोजनाअन्तर्गत २०२ किमी सडक कालोपत्रे तथा ग्राभेल सडक विस्तार गरिरहेकाले मुस्ताङको कोरलानाका आन्तरिक पर्यटकका लागि घुमफिरको केन्द्र बनेको हो। 

निर्माणाधीन बेनी-जोमसोम-कोरला सडक क्रमशः सहज बन्दै जान थालेपछि मुक्तिनाथ दर्शनका लागि आउने नेपाली आन्तरिक पर्यटक मुक्तिनाथ हुँदै कोरलानाकासम्म पुग्न थालेका हुन्।

समुन्द्री सतहको झन्डै ५ हजार मिटरको अग्लो उचाईमा अवस्थित चीनसँग सीमाना जोडिएको कोरलानाका अवलोकन तथा उपल्लो मुस्ताङको पृथक भूगोल, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक मौलिक कलासंस्कृति एवं उपल्लो मुस्ताङको पर्यटकीय सम्पदा नियाल्न आन्तरिक पर्यटक त्यहाँ पुग्ने गरेका छन्। 

यसवर्षको दसैंदेखि तिहारससम्म झन्डै एक लाखको संख्यामा नेपाली आन्तरिक पर्यटक उपल्लो मुस्ताङको कोरलानाकासम्म पुग्ने गरेको प्रहरीको रेकर्डमा जनाइएको छ। इलाका प्रहरी कार्यालय छुसाङका अनुसार दसैंदेखि तिहारसम्म आइपुग्दा दैनिक ५ हजार भन्दा बढी नेपाली पर्यटक कोरलानाका अवलोकनका लागि जाने गरेको प्रहरी स्रोतको दाबी छ। दसैं, तिहार र छठ पर्वको अवसरमा सरकारी तथा गैरसरकारी निकाय एवं दसैं-तिहार पर्व मनाउन विदेशबाट नेपाल फर्किएका नेपालीहरु लामो बिदाको समयमा मुस्ताङको कोरलानाका घुमफिरको केन्द्र बनेको हो।

मुस्ताङ भ्रमणको क्रममा कोरलानाका पुगेका अधिकाँश पर्यटक त्यहाँ पुगेपछि चीनको भव्य आधुनिक भौतिक संरचना देखेर खिन्न र दुखी हुने गरेको पाइएको छ। पहिलो पटक बेनी-जोमसोम हुँदै मोटरसाइकलको यात्रा गर्दै नेपाल-चीन कोरलानाकामा पुगेका पोखराका सौरभ गौतम कोरलानाका चीनको भव्य पूर्वाधारले आफुलाई निकै दुखित तुल्याएको अनुभूति दर्शाए। उनले चीनले नाकामा आफूलाई आवश्यक पर्ने भन्सार, क्वारेन्टाई, एकीकृत सुरक्षा पोस्ट, सुख्खा बन्दरगाह र दर्जनौ ब्यापारिक प्रतिष्ठान निर्माण गरेको तर नेपालतर्फको खुल्ला रित्तो पठार मात्रै रहेको सुनाए।

‘चीनले भव्य संरचना निर्माण गरिसकेको छ। हामीले कामचलाउ उपस्थिति देखाउन झिनो कामको सुरुवात गर्दैछौं,' उनले भने, 'सरकारले छिटोभन्दा छिटो भौतिक पूर्वाधार निर्माण देखि आवश्यक संरचना निर्माणमा जोड दिनुपर्छ। ढिलै भए पनि अध्यागमन राखेर सरकारी उपस्थित देखाइँदैछ। अब यहाको बृहत्तर विकासमा राज्यले ठोस नीति लिनैपर्छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.