नदै गुफा प्रवर्द्धन गरिँदै

नदै गुफा प्रवर्द्धन गरिँदै
सुन्नुहोस्

जुम्ला : जुम्लाको तिला गाउँपालिका–९ स्थित ऐतिहासिक धार्मिक पर्यटकीयस्थल नदै गुफालाई पर्यटन प्रवर्द्धन गरिने भएको छ। वडाध्यक्ष धनबहादुर रावतले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक संरचना निर्माणका लागि पालिकाले ८१ लाख २६ हजार रुपैयाँको बोलपत्र आह्वान गरेको जानकारी दिए।

गुफा परिसरमा मन्दिर पुनः निर्माण तथा संरक्षणका लागि संघीय सरकारबाट प्राप्त ससर्त अनुदानमार्फत सो बजेट विनियोजन भएको उनले बताए। संघीय सरकारबाट प्राप्त बजेटबाट धर्मशाला, सडकबत्ति, रेलिंग र गुफाको फोटोलगायत भौतिक संरचना निर्माण गरिनेछ।

वडाध्यक्ष रावतका अनुसार गुफासम्म सडक सञ्जाल जोड्नका लागिसमेत संघीय सरकारबाट बजेट व्यस्थापन भएको छ। ‘अलपत्रमा रहेको नदै गुफालाई संरक्षण गरी पूर्वाधार निर्माण गरेमा यस क्षेत्रको पर्यटन विकासमा टेवा पुग्नेछ। यहाँ दुई सय मिटर लामो धार्मिक गुफा छ। परम्परागत रुपमा गाइको दूधको थुनजस्तो आकार भएको उक्त गुफाबाट पानी निरन्तर बग्ने गरेका देख्न सकिन्छ’, उनले भने, ‘यसको संरक्षण र प्रवर्द्धन गर्न सके स्थानीयको आयस्तरमा सुधार हुँदै जानेछ। साथै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको छ।’

गुफा ऐतिहासिक रुपमा महत्वपूर्ण मानिए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको स्थानीयवासीको गुनासो रहेको छ। उक्त गुफासम्म पुग्नका लागि मोटर बाटो सहज छैन। प्राकृतिक गुफाको प्रचारप्रसार र प्रवर्द्धन गर्नसके बाह्य तथा आन्तरिक पर्यटक आवागमन बढ्ने र त्यसबाट स्थानीय नागरिक प्रत्यक्ष लाभान्वित हुने स्थानीयवासी समिर बोहोराको भनाइ छ।

तिला– ९ का हेमराज रावतले गुफाको विकासमा स्थानीय सरकारले ध्यान नदिँदा त्यस क्षेत्रमा आउने आन्तरिक पर्यटकको संख्यासमेत बढ्न सकेको छैन। यसको विकासमा ध्यान दिन सके आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने र त्यसले गाउँको मुहार फेरिने उनको विश्वास छ।

वडाध्यक्ष रावत भने स्वदेश तथा विदेशसम्म गुफाको प्रचारप्रसार गर्ने उद्देश्यले यसै वर्ष सम्मेलनसमेत गर्ने तयारी भएको जानकारी दिए। ‘पूर्वाधार निर्माणका साथै प्रचारप्रसारका लागि सम्मेलन गर्ने योजना छ। त्यसले स्थानीयको चिन्ता सम्बोधन र हाम्रो चाहना पूरा गर्न सघाउ पुग्नेछ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.