डेंगु नियन्त्रणका लागि उपकरण

डेंगु नियन्त्रणका लागि उपकरण
सुन्नुहोस्

नुवाकोट : डेंगु नियन्त्रणका लागि नुवाकोटमा अभियान सञ्चालन गरिएको छ। स्वास्थ्य संस्था तथा स्वास्थ्य प्राविधिकहरूलाई क्रियाशील बनाइएको छ। 

विदुर नगरपालिकाले डेंगु नियन्त्रणका लागि समुदाय सचेतना कार्यक्रम सञ्चालन गरेको छ। वडास्तरबाटै अभियान सञ्चालन गरिएको मेयर राजन श्रेष्ठले बताए। 

डेंगु प्रकोप नियन्त्रणका लागि  थप प्रभावकारी बनाउन विदुर नपाले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरूलाई डेंगु नियन्त्रण उपकरण प्रदान गरेको छ। विदुर नपाका १३ वडामा रहेका स्वास्थ्य संस्थालाई १८ वटा स्प्रे पम्प प्रमुख प्रशासकीय अधिकृत सुभाकर पौडेलले हस्तान्तरण गरे।

 
यसले नगर तथा आसपासका क्षेत्रमा डेंगु नियन्त्रणका लागि सुविधा पुग्ने स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले बताए।  स्वास्थ्य संस्थाका इन्चार्जहरूलाई आआफ्नो क्षेत्रमा डेंगु नियन्त्रणका लागि औषधि छर्कन सो उपकरण प्रदान गरिएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.