फिदिममा जुवा खेलिरहेका तीनजना पक्राउ
![फिदिममा जुवा खेलिरहेका तीनजना पक्राउ](https://annapurnapost.prixacdn.net/media/albums/AnnapurnaPost_News_20180807050555_kJXtsdo6mK.jpg)
फिदिम : पाँचथरको फिदिम नगरपालिका-२ पल्लोटारबाट जुवा खेलिरहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पल्लोटारको एक घरबाट कौडा र पैसासहित उनीहरूलाई आइतबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी बिनलाल शाह तेलीले जानकारी दिए।
उनका अनुसार जुवाको खालबाट ६० हजार ५ सय ३० रुपैँया र १६ थान कौडासमेत बरामद गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)