उग्रतारा मेला मसिंर १ मा लाग्ने

उग्रतारा मेला मसिंर १ मा लाग्ने

डडेल्धुरा : 'देइमाडौंका दाईन दमाउ बणाल भोक्कर, मेरो माया साचि राखेई हजारी टोक्करू' बोलको गीतबाट समेत प्रख्यात देहिजाँत मसिंर १मा हुने भएको छ। डडेल्धुरा अमरगढी नगरपालिका ८ मा पर्ने उग्रतारा मेला अर्थात देहिजाँत मसिंर १ गत्तेका दिन हुने भएको हो।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मध्येको एक मानिने उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने ‘देहिजाँत’ कार्तिक शुक्ल पूर्णिमाका दिन परम्परागत रूपमा पूजाआजासहित भव्य रूपमा मनाउने प्रचलन छ।

यसवर्ष कार्तिक शुक्ल पूर्णिमाको रात(रतेडी) र दोस्रो दिन (दिउसेडी) मेला लाग्ने जनाइएको छ। कार्तिक ३० गते रतेडी र मंसिर १ गते शनिवारका दिन दिउसेडी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिले जनाएको छ।

किम्बदन्ती अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरूपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको किंवदन्ती छ। 

वर्षमा एकपटक भव्य रूपमा लाग्ने उग्रतारा माताको दर्शन गरेमा दैवी प्रकोप नहुने, सुख प्राप्ति, मनोकामना पूरा हुने जनविश्वास रही आएको छ। 
छचोडा, खनमडा, दुमडा र जिलोडा भ्राण (देवताका खरखजनासहित देउरो रहेने घर भण्डार) रहेको उग्रतारा भगवती मन्दिरमा यी चारवटै गाउँबाट रतेडी मेलामा बिहान ‘देउरो’ आएपछि ‘दिउसेडी’ मेला सुरु हुने गर्दछ। डडेल्धुरा सदरमुकामबाट ४ किलोमिटर टाढा अमरगढी नगरपालिका ८ को सुन्दर डाँडामा अवस्थित महाशक्तिपीठ उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पूजा–आराधना गर्न पुग्छन्। यस मन्दिरमा पूजा आजा गर्नाले मनोकामना पूरा हुने किंवदन्ती रहेको छ।

देहिजातको रूपमा मानिने उग्रतारा भगवती मेलामा सुदूरपश्चिम प्रदेश, कर्णाली तथा छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु भक्तजन मेला भर्न तथा उग्रतारामाताको दर्शन गर्न पुग्ने गरेका उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जनाए।

परम्परादेखि लाग्दै आएको यस मेलाको आफ्नो महत्व रहेको समेत उनको भनाइ छ। बिहान चार बजे धार्मिक परम्परागत रूपमा दाइन, दमाह, रुइसिंग, विकुल, भोकर, शंक, घण्टा इत्यादी बाजागाजाका साथ चारवटै गाउँबाट माता भगवतीको डोली(कालिपेटी)सहित देउरो उग्रतारा मन्दिरमा पुगेसँगै भगवती माताको पूजा सुरु हुने अध्यक्ष साँकीले जानकारी दिए।

‘बिहानको पूजाआजा पछि दिउँसो भगवती माताको गाँज मन्दिर परिसर लगायत सयौं एकडमा फैलिएको मैदानको विशेष चार स्थानमा बाजागाजाका साथ घुमाइन्छ। बिहान चारवटै गाउँवाट ल्याइएको माताभगवतीको देउरो बेलुका पुनः पर्खिएसँगै मेला सम्पन्न हुने गर्दछ।

सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतका प्रमुख विषेशतामा पर्छन्। स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि देहिजाँत प्रसिद्ध छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.