नेपाल एयरलाइन्सले शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने

नेपाल एयरलाइन्सले शुक्रबारदेखि भैरहवा–दुबई उडान गर्ने
फाइल तस्बिर
सुन्नुहोस्

भैरहवा : नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्सले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–दुबई उडान गर्ने भएको छ। नेपाल एयरलाइन्सले कात्तिक २३ गते शुक्रबारदेखि काठमाडौं–भैरहवा–दुबई–काठमाडौं उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

उनका अनुसार साताको आइतबार, सोमबार, बुधबार र शुक्रबार राति ९:३० बजे काठमाडौंबाट उडान भर्ने र करिब आधा घण्टापछि भैरहवा विमानस्थलबाट यात्रु लिएर दुबई प्रस्थान गर्ने तालिका छ। हाल भैरहवा विमानस्थलबाट नेपाल वायुसेवा निगमको नेपाल एयरलाइन्स, संयुक्त अरब इमिरेट्स (युएई)को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्याण्डको वायुसेवा थाइ एयर एशियाले नियमित उडान गर्ने तय भएको छ। 

विमानस्थलबाट कात्तिक २३ थाई एयर एशिया, कार्तिक २४ गते फ्लाई दुबई र कार्तिक २५ गते देखि जजिरा एयरवेजले उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ। ‘हाल भैरहवाबाट नेपाल एयरलाइन्स सहित चारवटा वायुसेवा कम्पनीले उडान भर्ने भएका छन्, ‘प्राधिकरणका सूचना अधिकारी भुलले अन्नपूर्ण पोस्टसँग भने, ‘कतार एयरवेज, एयर अरेबिया लगायत अन्य अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरू पनि आउने इच्छुक छन्। सबै आ-आफ्नो आन्तरिक तयारीमा छन्।’

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.