करणी मुद्दाका २ जना प्रतिवादी लामो समयपछि पक्राउ

करणी मुद्दाका २ जना प्रतिवादी लामो समयपछि पक्राउ
सुन्नुहोस्

विराटनगर : लामो समयदेखि भागिरहेका जबरजस्ती करणी (बलात्कार) मुद्दाका दुई जना प्रतिवादी मोरङबाट पक्राउ परेका छन्। लामो समयपछि पक्राउ पर्नेमध्ये एक जनालाई यसअघि नै जिल्ला अदालत मोरङले दोषी ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला सुनाएको थियो। अर्काको मुद्दालाई अदालतले मुलतबीमा राखेको थियो। दोषी ठहर भएका प्रतिवादी ८ वर्षपछि पक्राउ परेका हुन्। 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार मोरङको सुन्दरहरैँचा नगरपालिका–५ लाटीझोडाका ३४ वर्षीय रामे तामाङ लामा भनिने कूलबहादुर तामाङलाई पक्राउ गरिएको छ। तामाङलाई जबरजस्ती करणी मुद्दामा अदालतले २०७३ साल असार २८ गते दोषी ठहर गरेको जोशीले बताए। 

अदालतले दोषी ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला गरे पनि उनी पक्राउ परेका थिएनन्। कैद सजाय भुक्तान नगरिकन फरार रहेका तामाङलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले पक्राउ गरेको हो। उनलाई प्रहरीले मंगलबार अदालतमा बुझाएको छ। जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार प्रहरीले पेस गरेसँगै कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको छ। 

त्यस्तै, पक्राउ पर्ने अर्का प्रतिवादी सामूहिक बलात्कार (सामूहिक जबरजस्ती करणी) घटनाका आरोपी हुन्। सामूहिक बलात्कारको घटनापछि फरार रहेका मोरङको जहदा गाउँपालिका–५ का २७ वर्षीय मानु टुडूलाई पक्राउ गरिएको जानकारी डीएसपी जोशीले दिए।

टुडू २०७६ साल मंसिर २८ गतेदेखि फरार थिए। ५ वर्षदेखि भागिरहेका उनीविरुद्धको मुद्दालाई जिल्ला अदालत मोरङले मुलतबीमा राखेको थियो। प्रहरीले पक्राउ गरेर बुझाएका कारण अदालतले मुद्दा जगाएर थप प्रक्रिया अघि बढाउने सूचना अधिकारी बुढाथोकीले बताए।
 
उनका अनुसार गोलामार्फत इजलासको टुंगो लगाएर बुधबार टुडूको बयान लिइने छ। बयानपछि वादी नेपाल सरकार र प्रतिवादीका कानुन व्यवसायीबीच थुनछेक बहस हुने बुढाथोकीले बताए। बहस सकिएपछि टुडूलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी रकम लिएर वा साधारण तारेखमा छाड्ने मध्ये एउटा आदेश इजलासबाट आउने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.