दार्चुलामा जात्रा हेर्न गएका युवकको भीरबाट लडेर मृत्यु
दार्चुला : दार्चुलामा जात्रा हेर्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ।
जिल्लाको मालिकार्जुन गाउँपालिका-८ सल्याडीका ३५ वर्षीय शंकर सिंह धामीको कात्तिक १८ गते राति शैल्यशिखर नगरपालिका-६, पनेबाज नजिकै भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्तिराज जोशीले बताए।
मृतक धामी मालिकार्जुनको चौड जात्रा हेर्न गएको र हिजो अबेरसम्म घर नफर्किएपछि खोजी गर्दा उक्त क्षेत्रमा मृत अवस्थामा फेला परेका हुन।
शवको पोस्टमार्टम गरी आफन्तको जिम्मा लगाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।