मोरङमा रोकेर राखेको म्याजिक भेनमा आगलागी

मोरङमा रोकेर राखेको म्याजिक भेनमा आगलागी
सुन्नुहोस्

विराटनगर : मोरङको बूढीगंगा गाउँपालिका–२ मुस्लिम टोलमा रोकेर राखेको म्याजिक भेनमा मंगलबार राति अचानक आगलागी भएको छ। आगोले भेनमा पूर्णरूपले क्षति पुगेको प्रहरीले जनाएको छ। 

प्रदेश १–०२–००१ ज ३९४१ नम्बरको भेनमा राति ८ बजेतिर आगलागी भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बताए। उनका अनुसार भेनका धनी एवं चालक सुनसरीको दुहबी नगरपालिका–२ का ४६ वर्षीय अजुवा मियाँले ल्याएर बूढीगंगा–२ स्थित छोरी रोजितनी खातुनको घरको अगाडि रोकेर राखेका रहेछन्। 

रोकेर राखेकै ठाउँमा अचानक आगलागी भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो। आगलागीको जानकारी पाउनसाथ अनुसन्धानका लागि प्रहरी घटनास्थल पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङबाट इन्स्पेक्टर दीपक लिम्बू र इलाका प्रहरी कार्यालय नेमुवाबाट सइ प्रवीण खड्काको नेतृत्वमा खटिएको टोलीले स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जानकारी डीएसपी जोशीले दिए।

उनका अनुसार आगलागीबाट भेनको इन्जिन, सीट र बडीको भाग जलेर क्षति पुगेको छ। आगलागीमा ७ लाखभन्दा बढीको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ।  आगलागीको कारण खुल्न नसकेको र घटनाको अनुसन्धान सुरु गरिएको जोशीले बताए।

आगलागीबाट क्षति पुगेको म्याजिक भेन।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.