छठको मुख्य पूजाका लागि घाट सजाउँदै

छठको मुख्य पूजाका लागि घाट सजाउँदै
सुन्नुहोस्

महोत्तरी : छठको मुख्य पूजा गर्नका लागि गौशाला नगरपालिकाले घाट निर्माणका लागि तदारुकता देखाएको छ। गौशाला नगरपालिकाले दुई वटा जेसिभीलाई २४ सैं घण्टा घाट निर्माणका लागि खटाइएको छ। 

गौशालाका मेयर डा. दीपेन्द्र महतोको अनुसार यहाँका १२ वटै वडामा घाट निर्माणको क्रममा आवश्यक परेको खण्डमा नगरपालिकाले २४ औं घण्टा निःशुल्क रूपमा जेसिवी उपलब्ध गराउँदै आएको छ। 

महापूजा छठका लागि यहाँका मुख्य जलाशयको रूपमा रहेको निगौल ठाकुर पोखरी, मरहा नदी, मल्हनियाँ पोखरी, वान्हटोल पोखरी लगायतका स्थानमा रहेको घाटलाई यसअघि नै मर्मत सम्भार गरिसकेको मेयर डा. महतोले बताए।

मटिहानी नगरपालिकामा पनि पूजास्थल (घाट)लाई बन्दोबस्तका लागि नगरपालिकाले पहल गर्दै आएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए। उनका अनुसार यहाँका हरेक घाटलाई आफूले निरीक्षण गर्दै आवश्यक बन्दोबस्त गर्दै आएको मेयर मण्डलले धारणा राखेका छन्।

चन्दा उठाएर घाटलाई सजाउँदै

गौशालामा अधिकांश स्थानमा चन्दा उठाएर भए पनि छठपूजाका लागि घाट सजाउँदै आएको छ। पूजाको क्रममा सन्ध्या अर्धदेखि भोरका अर्घ्य दिइने समयसम्म घाटमा नै बस्नुपर्ने भएकोले घाटलाई व्यवस्थित गर्नका लागि चन्दा उठाउँदै आएको गौशाला नगरपालिका-१ का सिकेन्द्र साहले बताए। 

उनका अनुसार यहाँ ठाउँ अनुसार १ हजार रुपैयाँदेखि ६ सय रुपैयाँसम्म चन्दा उठाएर सामूहिक रूपमा घाट सजाउँदै आएको छ। रातिको समयमा व्रतालुलाई घाटमा नै जाग्राम बस्नुपर्ने भएको रातिको समयमा टेन्ट, पण्डाल, बिजुली बत्तीको बन्दोबस्त लगायत मनोरञ्जनको व्यवस्थापनका लागि सो रकम खर्चिदै आएको साहले बताए। 

छठको मुख्य पूजाको दिन (पूजास्थल) घाटलाई व्यवस्थित गर्नुको साथै रंगिविरंगी, झिलिमिली पारि आकर्षक बनाउनमा व्रतालुले कुनै कसर बाँकी नराख्ने भएको छ।

आज छठको दोस्रो दिन व्रतालुले नहाय खाय विधि गर्दैछन्। हिजो पहिलो दिन चोखा भएका व्रतालु आज शुद्धि भई नहाय खाय विधि गर्दैछन्। त्यस्तै पर्वको तेस्रो दिन भोलि खरना, चोथौ दिन आइतबार साँझ सझिया अर्घ्य र अन्तिम दिन भोरका अर्घ्य दिएर छठपर्व समापन गर्ने भएको छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.