साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट

साढे १८ लाख खर्च गरेर घडीअर्वा छठघाटको सजावट
सुन्नुहोस्

वीरगन्ज : छठ पूजामा सजावटका लागि नेपालमै प्रसिद्ध रहेको वीरगन्जको घडीअर्वा पोखरी छठघाटको सम्पूर्ण तयारी पूरा भएको छ।

छठपूजा व्यवस्थापन समितिले बुधबार साँझ पत्रकार सम्मेलन गरी यस बारे जानकारी गराएको हो। पत्रकार सम्मेलनमा समितिका अध्यक्ष दिलिप साह कानुले छठघाटको व्यवस्थापन र सजावटको काम पूरा भएको जानकारी गराए।

उनले यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरी करिब १८ लाख ४४ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए। टेण्टपण्डालमा ७ लाख ८१ हजार, परिसर बाहिरको बत्ती सजावटमा ९० हजार, भिडियोग्राफीमा ३५ हजार, पुरस्कारमा ४ लाख ८४, सरसफाइमा ७५ हजार रुपैयाँ खर्च हुने समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी गराए।

समितिका सचिव लखनलाल साह अनुसार, छठघाटमा व्रतालु, दर्शनार्थी र भक्तजनहरूको सुरक्षा सहजताका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी १ सय १० सुरक्षाकर्मी र घडीअर्वा स्पोर्ट क्लबका ४० जना स्वंयसेवक परिचालन गरिनेछ। 

यस्तै छठघाट परिसरमा १६ वटा सीसीटीभी क्यामेरा जडान गरिएको साहले जानकारी गराए। सादा पोसाकमा पनि प्रहरी परिचालन गरिने उनले बताए। गत वर्षको छठमा छठघाट सजावट र व्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको र आम्दानीबाट खर्च कटाएर ७ लाख १० हजार रुपैयाँ बचतपनि भएको समितिका कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.