तीन जनाको शव फेला
काठमाडौं : तीन जिल्लामा तीन जनाको शव फेला परेको छ। नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-६ बोटेटोलस्थित नारायणी नदीको किनारमा चितवन भरतपुर महानगरपालिका-७ उज्वल टोल बस्ने ५० वर्षीय दधिराम अधिकारी बुधबार मृत अवस्थामा फेला परेका छन्।
यसैगरी सिन्धुलीको मरिण गाउँपालिका-२ स्थित मरिण खोलामा सोही गाउँपालिका-३ बस्ने ७० वर्षीय आईते माझी बुधबार मृत अवस्थामा फेला परेका छन्।
यस्तै प्युठानको स्वर्गद्धारी नगरपालिका-९ डिबाङ बस्ने ६५ वर्षीय गजे खत्री प्युठान नगरपालिका-१ स्थित बलबाङमा बुधबार मृत अवस्थामा फेला परेका छन्।
खत्रीलाई स्वर्गद्धारी नगरपालिका-९ स्थित माडी खोलाले बगाएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लामाचौरबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।