सडकको गरियो नम्बरिङ
नुवाकोट : टोल तथा सडकको पहिचानका लागि नुवाकोटमा सडकको नम्बरिङ कार्य गरिएको छ। विदुर नगरपालिकाबाट आफ्ना वडाहरूमा रहेका बाहिरी तथा भित्री सडकहरूको नम्बरिङ कार्य गरिएको हो। यसबाट आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सुविधा भएको छ।
ऐतिहासिक विदुर नगरपालिकामा १३ वटा वडा रहेका छन्। सबै वडामा मिश्रित समुदायको बसोबासका साथै पहाडी संरचना छ। पर्यटन प्रवर्द्धनको उद्देश्यसहित सो कार्यको थालनी गरिएको नगरपालिकाले जनाएको छ। विभिन्न साझेदारहरूसँगको सहकार्यमा विदुर नगरपालिकाका वडाहरूमा गरिएको सडक नम्बरिङको मेयर राजन श्रेष्ठले शुभारम्भ गरेका छन्।
पर्यटन प्रवर्द्धनका लागि सहयोग पुग्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यको थालनीसँगै आन्तरिक तथा बाह्य पर्यटकहरूलाई स्थानीय सडक, टोल तथा वडाको जानकारी हुने मेयर श्रेष्ठको भनाइ छ।