ललितपुरको पाटनमा कार्तिक नाच (फोटो फिचर)
काठमाडौं : ललितपुरको पाटनमा कार्तिक नाच सुरू भएको छ। कात्तिक महिनामा देखाइने यो नाच मल्लराजा सिद्धिनरसिंह मल्लले सुरु गरेका हुन्। यो नाच वि.स. १६९७ मल्लराजा सिद्धिनरसिंहले सुरू गरेको मानिन्छ।
यो नाच ललितपुरको पाटन दरबारस्थित डबलीमा प्रत्येक वर्षको कार्तिक महिनामा आयोजना हुन्छ। कात्तिक शुक्ल प्रतिपदादेखि सुरू हुने यो नाच १२ दिनसम्म प्रदर्शन गरिन्छ। देशमा शान्ति, सबैको समृद्धि र मनोरञ्जनको हेतुले यो नाच सुरू गरिन्छ। कुनै समय महिनाभरि देखाइने हुँदा यसलाई कार्तिक नाच भनिएको हो।